समलिङ्गी उपर हुने हिंसाबारे अन्तरक्रिया

0
155
शेयर गर्नुहोला

जेठ ७
सप्तरी
जिल्लामा समलिङ्गीहरु उपर हुने विभिन्न खाले हिंसा बारे सरोकारवालासंग अन्तरक्रिया सम्पन्न भएको छ।

समलिङ्गीहरु सम्बन्धि कार्यरत संस्था सहयोगी समाजको आयोजनामा हिजो शनिबार राजविराज स्थित सो संस्थाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम संयोजक दिलिप लामिछानेले संचालन गरेको कार्यक्रममा सरोकारवालाहरुले समलिङ्गीहरुलाई समाजमा समान व्यवहार हुनुपर्नेमा जोड दिएका छ्न।

लिङ्गका आधारमा गरिने हिंसा विरुद्धमा समलिङ्गीहरुले प्रतिवाद गर्नुपर्ने,आफू उपर हुने हिंसाको खुलेर विरुद्ध गर्नुपर्ने,ती समुदायमा हुने हिंसाको कानुनी उपचार हुनुपर्ने सरोकारवालाहरुले धारणा राखेका छ्न।

समलिङ्गीहरुलाई संविधानले प्रत्याभूत गरेको हक अधिकार पाउन अगाडि बढ्नुपर्ने छ।समाजिक,राजनीतिक पहिचानका निमित्त ती समुदायले संघर्ष गर्नुपर्ने पत्रकार बैधनाथ झाले बताएका छ्न।

तेस्रो लिङ्गी उपर हुने हिंसाको खुलेर प्रतिवाद पीडितले गर्नुपर्छ ।हिंसा सहेर बस्नुले थप हिंसा हुनसक्ने भएकालेे हिंसा विरुद्ध लड्नु पर्छ।संचारकर्मीहरुले समलिङ्गी समुदायको हकहितका लागि सदैव प्रतिबद्ध रहेको इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बताए ।

कार्यक्रममा दिलिप लामिछाने,मनोहर पोखरेल,बैधनाथ झा,अनिता देवकोटा,नानी मैया कटवाल लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।