समृद्ध र सबल पालिका निर्माणको लागि मैले उम्मेदवारी दिइएको छु: चतुरान्नद ठाकुर

0
36
शेयर गर्नुहोला

विसुनदेव सरदार लहान/२८ वैशाख। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा नेपाली काङ्ग्रेसको जड मानिएको पालिका हो ।
यहाँ ६ वटै वडाहरुमा नेपाली काङ्ग्रेसको कार्यकर्ताको सङ्ख्या बढदो रहेको देखिन्छ ।

उक्त सन्दर्भलाई आत्मसाथ गर्दै नेपाली काङ्ग्रेसबाट प्रत्यासी चतुरान्नद ठाकुरले पालिका अध्यक्षपदमा उम्मेदवारी दर्ता गराएका छन।

नेता ठाकुरका अनुसार समृद्ध र सबल पालिका निर्माणको लागि मैले उम्मेदवारी दिइएको छु: चतुरान्नद ठाकुरले बताएका छन।

नेता ठाकुरको बिचार सुन्दा सर्वमान्य हुने विषयवस्तु प्रस्तुत गरेको अनुमान लाउन सकिन्छ ।
उनका विचारमा ‘म’ काङ्ग्रेसबाट प्रत्यासी उम्मेदवार भएतापनि यसवर्ष पालिकामा जित सुनिश्चित हुने स्थानीयहरुले अस्वाशन दिनु भएको छ।

मेरो जित सम्पुर्ण पालिकावासीको जित हुने बताए ।
यदि आँफू विजयी भए , सम्पूर्ण जनमानसको जितको अनुभव दिलाउने प्रतिबद्धता जनाएका हुन।
योसँगै नेता “ठाकुर”- समृद्ध, सबल ,सुशासनरहित पालिकाको विकासमा जोड दिने प्रतिबद्धता समेत दिइएको छ।

समाजसेवी नेता ठाकुरलाई विजयीको आशिर्वाद दिनेहरू सङ्ख्या अहिले बढदो रहेको पाइएको छ।

पालिकामा जम्मा ६ वटावडाहरु पर्दछन। १ न. पिप्रा प्रध, २ पर्सा पोखरभिण्डा , ३ महेशपुर पतारी, ४ लक्ष्मीपुर पतारी, ५ खरुक्याही, ६ सितापुर पर्दछ।