पिपरा प्रधमा काङ्ग्रेसबाट वडाअध्यक्ष पदमा प्रशुराम मण्डलको उम्मेदवारीले काङ्ग्रेसको माहौल तातिदै

0
80
शेयर गर्नुहोला

लहान/१९ वैशाख। आगामी वैशाख ३० गतेहुने स्थानीयतहको निर्वाचनकालागि पिपरा प्र.ध मा नेपाली काङ्ग्रेसको तर्फबाट प्रशुराम मण्डलको पलरा भारी देखिएको छ।पालिकामा नै काङ्ग्रेसको
माहौल तातिदै गएको देखिन्छ ।

योसँगै वरिष्ठ समाजसेवी कर्मठ इमानदार जुझारु नेता प्रशुराम मण्डलले पछिल्लासमय गरेका कामकाजहरु अहिले पुरै गाउँमै चर्चाको रुपमा रहेको पाइएको छ।

काङ्ग्रेसका स्थानीय नेता दरबारी मण्डल र अशेश्वर मण्डलका अनुसार आउने चुनावमा पिपरा प्रधमा प्रशुराम मण्डलको जित शुनिशचित हुने दाबी गरेका छन। वहाँहरुका अनुसार अहिले गाउँ नै पार्टीको लहर देखिएको बताए ।

नेता मण्डलको टिकटले स्थानीयमा छुट्टै उत्तसाह र उमंग छाइएको छ।