एनएमबि बैंकद्वारा तिलाठीकोइलाडी का किसानहरुसंग सहज कर्जा सम्बन्धि अन्तरक्रिया

0
99
शेयर गर्नुहोला

सप्तरी टुडे समवदाता 

प्रवेश कुमार मिश्र

राजबिराज / 

एनएमबि शाखा कार्यालय तिलाठीले गत चैत्र २५ गतेका दिन सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपाालिका को वडा नं २ लौनियामा कृषक अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा त्यस क्षेत्रका करिव १०० जना कृषकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा एनएमबि बैंक केन्द्रिय कार्यालय लघुवित्त विभागका म्यानेजर शरद पौडेल, बैंकको प्रदेश नं २ का प्रदेश प्रमुख कमल पोख्रेल र एरिया म्यानेजर कमलेश यादबको उपस्थिति रहेको थियो । सो अवसरमा बैंकले प्रदान गर्ने सहुलियतपूर्ण कर्जाको प्रक्रिया विषयमा म्यानेजर शरद पौडेलले किसानहरुलाई जानकारी गराउनु भएको थियो भने किसानहरुले राखेका विभिन्न जिज्ञासाहरुको समाधानका साथै बैंकले प्रदान गर्ने अन्य सेवा सुविधाहरुको विषयमा क्रमशः प्रदेश प्रमुख कमल पोख्रेल र एरिया म्यानेजर कमलेश प्रसाद यादवले जानकारी गराउनु भएको थियो ।
साथै, सोही कार्यक्रममा किसानहरुलाई व्यवसायीक तरकारी तथा अन्नबाली खेतीको विषयमा गाउँपालिकाका कृषि अधिकृत श्री.उदयकान्त झा ले जानकारी गराउनु भएको थियो भने उन्नत तथा व्यवसायीक पशुपालन सम्बन्धमा पशु विकास अधिकृत श्री बद्रि कुमार मण्डलले किसानहरुलाई जानकारी गराउनु भएको थियो ।
एनएमबि बैंकले पहिलो पटक स्थानिय स्तरमा यस किसिमको कार्यक्रमको आयोजना गरेर किसानहरुलाई व्यवसायीक खेति तथा उन्नत पशुपालन सम्बन्धी जानकारीको गराउनुको साथै बैंकले प्रदान गर्ने विभिन्न किसिमका कर्जा प्रक्रिया लगायत अन्य सेवाहरुका बारेमा जानकारी गराएकोमा उक्त वडाका वडाध्यक्ष श्री खगेन्द्र मण्डलले बैंकलाई धन्यवाद प्रदान गर्नुभयो । साथै, यस क्षेत्रमा स्थापित बैंकबाट प्रशस्त लाभ लिन कृषकहरुलाई अनुरोध गर्नु भयो । उक्त कार्यक्रमको संचालन शाखा प्रमुख भावना राउतले गर्नुभएको थियो ।
एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको एन एम बि बैंक को प्रदेश नं २ का प्रदेश प्रमुख कमल पोख्रेलले बताए ।