पत्रकार यादव उपर दुव्र्यवहार

0
379
शेयर गर्नुहोला

चैत २५
सप्तरी,

प्रेस चौतारी नेपाल शाखा सप्तरी कार्यसमिति सदस्य नवीन कुमार यादव उपर दुव्र्यवहार गरेको छ।

हिजो बिहिवार राजविराज स्थित क्षितिज कलेजका संस्थापक अध्यक्ष केशव झा र उनका कार्यालय सहयोगी बाबुनन्द यादवले दुव्र्यवहार गरेको चौतारी सप्तरी शाखाको प्रेस बिज्ञप्तीले जनाएका छन।

तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गत श्रेष्ठ लक्ष्मी बल्भ नरसिंह बिद्यालयमा करार शिक्षकका लागी लिखित परिक्षा मा धाधली भएको भने जानकारीका आधारमा समाचार संकलन गर्ने क्रममा उक्त व्यक्तिहरुले दुव्र्यवहार गरेको थियो ।

समाचार संकलनकै क्रममा अध्यक्ष झा र सहयोगी यादवले तथानामका गाली गलोज गर्दै हातपात गरि माइक समेत खोसेका थिए ।परिक्षा सेटिङ्गमा गराईरहेकाले पत्रकार यादव समाचार संकलन गर्न त्यहाँ पुगेका थिए ।परिक्षा नदिएकालाई समेत पास गरि नियुक्ति गर्ने सेटिङको आशंका उब्जिएको देखेर परिक्षार्थीहरुले होहल्ला मच्चाएका थिए ।