नगर ब्यापार संघ बोदे बर्साईनद्वारा होलि पर्वको शुभकामना

0
292
शेयर गर्नुहोला

उमेश कुमार साह                                                   बोदे बर्साईन: चैत्र ३ गते । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ स्थित नगर ब्यापार संघ बोदे बर्साईनले आपसी भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढङ्गले हर्षोल्लासपूर्वक होली पर्व मनाउन आह्वान गरेको छ । नगर ब्यापार संघ बोदे बर्साईनको अध्यक्ष देव नारायण साहले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना व्यक्त गरेका छन।


सधै होलि हर्षोउल्लासका साथ मनाउने गरेको तर यसपाली पनि बिश्व भरी फैलिएको कोरोनाका कारण आफुहरु पनि यसबाट बच्नको लागी पुर्व सतर्कता अपनाउदै सामान्य तरिकाले होलि खेलेको र अरुलाई समेत सतर्कता अपनाउदै सद्भावपुर्ण तरिकाले होलि पर्व मनाउन नगर ब्यापार संघ बोदे बर्साईनका सचिब अनिल प्रसाद सिंहले आग्रह गरेका छ्न् ।

बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, साँकृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएका छन्’ नगर ब्यापार संघ बोदे बर्साईनका उपाध्यक्ष राधेश्याम भगतले शुभकामना दिदै भनिएको छ,‘होली पर्वले पनि विविध धर्म र सँस्कृति मान्ने समस्त नगरवासीहरुमा भातृत्व र अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ ।’
फागु, होली, फागु पूर्णे आदि नामले पुकारिन्छ होली पर्वलाई । तेत्रा युगमा भगवान विष्णुका परमभक्त प्रह्लादसँग जोडेर पनि हेरिन्छ होलीलाई । हिरण्यकश्यपका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएको दिनका रुपमा होलि पर्व सुरु भएको कोषाध्यक्ष जोति अग्रवालले बताए ।