सप्तरी जिल्लाको अग्निसाईर कृष्णासवरण गाउँपालिका वाड न ४ कि १२ बर्ष रेन्ती कुमारी दास एकाशी भेन्टिलेटरको अवस्थामा पुगेकी बालिकालाई छिन्नमस्ता अस्पतालको बालरोग बिशेषज्ञ डाक्टर मुकुन्द देवले फागुन ८ गते शुक्रबार उद्दार गरेका हुन।
रेन्ती बालिकाकी आमा भन्छिन, फागुन २ गते राति छोरीलाई खाना खान भनिन, खाना खान न मानेपछि , हामीहरू बेडमा सुत्न आटेको समयमा पुन:छोरीले खाना खान मांगे, छोरी किचेनको रूममा खाना खान जाने बितिकै ,एउटा ग्लास मा अलि पानि खाएर आँगनमा फाले र एकाशी लडे पश्चाताप छोरी बेहोस भईन ,श्वास लिन अप्ठ्यारो अवस्था हेरेर हामीहरू धामीझाँक्री को बिशवासमा लागेर भर राति धामीझाँक्रीको गुहार गरिन, छोरीको स्वास्थ्य अवस्थामा झन सुधार न आएपछि राजविराजको छिन्नमस्ता अस्पतालमा फागुन ३ गते इमर्जेन्सी कक्षमा भर्ना गरेकी थिईन,
उता बालरोग बिशेषज्ञ डाक्टर मुकुन्द देवको अनुसार रेन्ती बालिकालाई स्वास्थ्य परिक्षण गर्दा, बलिका बेहोस अवस्था रहेको, श्वास प्रश्वास लिन गाह्रो भएको, दुई पटक जिउ कामेर र्सकेको , अवस्था हेरेर स्वास्थ्य परीक्षण गर्दा फोक्सोमा कडा निमोनिया ठहर भएको हुनाले एकाशी भेन्टिलेटरको आवश्यकता परेको थियो ।
हामी भेन्टिलेटरको सहयाताले दुई दिन सम्म उपचार जारि राखेको थियो। उता भेन्टिलेटरमा एक दिन सम्म रेन्तीको स्वास्थ्यमा कुनै सुधार न देखाएको हुनाले , उहाँको परिवारमा रूवा बासी हुन थाले,।
बिरामीको कुरूवाको भनाई अनुसार डाक्टर मुकुन्द देव, महिला तथा प्रसूति बिभागकी डाक्टर संतोष झा , र एनेथेसिया डा पारस मनि साह लगाएत डाक्टरहरूको आशा बिशवास संगै सल्लाह सुझाव अनुसार हामीहरू न आतिएर सहनशिलता भएर उपचार जारि ने राखेको हुनाले मेरो छोरी फागुन ८ गते शकुशल उद्दार भईन बिरामीको आमा बताँउछिन ।