मैथिली सङ्गीतमा ‘प्रेमक पिचकारी’ ले नयाँ क्रेज ल्याउँदै 

0
106
शेयर गर्नुहोला

सप्तरी

मधेश प्रदेशका तेस्रो दर्जाका गायकहरुले उदण्डता र अश्लिलता प्रदर्शन गर्न लाग्दा गीतकार विद्यानन्द बेदर्दीको रचनामा विशुद्ध एवम् पारम्पारित होली गीत सार्वजनिक गरिएको छ ।

मैथिली–नेपाली सङ्गीतमा होलीको नयाँ म्यूजिक भिडियो ‘प्रेमक पिचकारी’ सार्वजनिक गरिएको हो । गीतमा नेपाली तथा मैथिली भाषा सङ्गीत क्षेत्रमा ख्याति कमाएका गायक नितिन गजुरेल र चर्चित गायिका ज्योती विश्वकर्माको स्वर समेटिएको छ ।

मैथिली भाषा–सङ्गीतका युवा गीतकार विद्यानन्द वेदर्दीको शब्द रहेको यस म्युजिक भिडियोमा नेपालका ख्यातीप्राप्त अभिनेत्री तथा मोडेल अञ्जली अधिकारी र लोकप्रिय मोडल सुधीर श्रेष्ठले अभिनय गरेको हो ।

नितिन गजुरेलले गीतको कम्पोज र भूपेन्द्र रायमाझीले यस गीतको सङ्गीत संयोजन गरेको सो होली गीतमा मिथिला र मधेशको पारम्पारित आभाष गराइएको छ ।

मधेशमा नव गायकहरुले चोली, घाघरा, ब्लाउज, साडी, साया सहित भित्री अँगहरुलाई दर्साएर मात्र होलीको गीतहरु सार्वजनिक गरेको बेला प्रेमक पिचकारी बोलको गीतले सभ्य होलीको लागि एक पाईला अगाडी आएको छ ।

नेपाली फिल्म उद्योगका प्रसिद्ध कोरियोग्राफर एवं निर्देशक कमल राईको निर्देशन रहेको यस गीतको शिव ढकालले छायाङ्कन गरेको हो ।

यस्तै ईडिट, कलरिङ्ग र पोस्टर डिजाइन चर्चित डिजाइनर विष्णु खड्काले गरेको हो। भिडियोमा विद्यानन्द वेदर्दीको प्रस्तुति र पोस्ट प्रोडक्शन सफल मोसन पिक्चरको रहेको छ ।

यस प्रेम–गीति भिडियोमा होलीको मुल मर्म अनुसार आपसी एकताको संदेश दिने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । गीतमा मिथिलाको पारम्परिक जोगिराको छनक समेत समेटिएको छ । गजुरेलको मैथिली भाषाको यो तेश्रो मैथिली म्यूजिक भिडियो हो । पहिलो ‘दिलके डायरी’ र दोस्रो ‘नैना नुकाकऽ’ रहेको थियो।

भिडियो हेर्नुहोस् ।https://youtu.be/5_YpFyKFlzU