बालबालिकाको खाजालाई पनि बाडफाड गर्न छोडेन प्रधानाध्यापक र शिक्षकक

0
579
शेयर गर्नुहोला

बालबालिकाको खाजालाई पनि बाडफाड गर्न छोडेन प्रधानाध्यापक र शिक्षकक

रामनाथ यादव
राजविराज, ०६ फागुन ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ७ स्थित रहेको लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालय बभनगामाकट्टीमा खाजामा मनपरी गरेको बालाबालिकाहरुले गुनासो गरेका छन् । सरकारले प्रथामिक तहमा अध्यनरत छात्रछात्राका लागि दिदै आएको खाजा कार्यक्रममा विद्यालयले मनपरी गरेको उनीहरुले गुनासो गरेका हुन् ।
दैनिक खाजाको ब्यबस्था गर्नुपर्नेमा विद्यालयले यस्तो नगरेको छात्रछात्राहरु बताउँछन् । विद्यालयमा अध्यनरत कक्षा ५ का एक छात्राले विद्यालय संचालन भएको पाँचौ दिनमा मात्र खाजा खानु पाएको बताए । विद्यालय संचालन भएको हप्ता पुग्न लग्दा मात्र खाजा दियो, उनले भनिन्, फागुन १ गतेदेखि विद्यालय संचालन भएपनि २ दिन मात्र खाजा उपलब्ध गरे । विद्यालयले मन लागेमा खाजा बाँड्ने गरेको तथा नत्र भने कसैलाई खाजा नदिने गरेको एक छात्राले बताईन् । अरु ठाँउमा दैनिक खाजा दिने गरेपनि हाम्रो विद्यालयमा हप्ताको दुई तीन दिन मात्र दिने गरेको भन्दै छात्रछात्राले गुनासो गरे ।
बालबालिकाको खाजाको लागि आएको बजेटलाई प्रधानाध्यापक र शिक्षकको मिलोमतोमा कटौती गरी एकआपसमा बाँडफाँड गरेर खाने गरेको अभिभावकहरुले आरोप लगाएका छन् । विधार्थी संख्या बढाएर बजेट निकासा गरेको जानकारी दिदै अभिभावकहरुले उपस्थित नभएको विधार्थीको समेत हाजिरी पेश गरी निकालेर अनियमितता गरेको बताए ।
खाजामा अनियमितता गरेकोबारे गाउँपालिकाको शिक्षा शाखामा पटक–पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको अभिभावकहरुले गुनासो गरे । उक्त विद्यालयमा प्रथामिक तहमा १ सय ६२ जना विधार्थी रहेको तथ्यांकमा उल्लेख छ ।  विधालयमा ४० देखि ४५ जना विधार्थीहरु नियमित आउने गरेको सोही विद्यालयको एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा जानकारी गराए ।
प्रधानाध्यापक विपिन झाले आफु काम विशेषले बाहिर भएकाले छात्रछात्रालाई खाजा खुवान नसकिएको स्वीकार गरे ।  तिलाठी कोईलाडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेश झाले विद्यालयमा खाजामा अनियमितता गरेको पाईएमा खाजाको बजेटमा कटौती हुने बताए । खाजाको बजेट मागअनुसार उपलब्ध गराएको जानकारी दिदै झाले विद्यालयको अनुगमन गर्ने जिम्मा गाउँपालिकामा निहित भएकाले अनियमितता भए÷नभएको कुराबारे बुभ्mने आफ्नो सरोकारको विषय भएकोले कसैले चासो नराख्दा हुन्छ भन्दै एक्कसी आबेशमा आउँदै प्रतिक्रिया दिए  ।