बोदे बर्साईनको सारस्वरमा आगलागी,लाखौको क्षति

0
194
शेयर गर्नुहोला

उमेश कुमार साह

सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ सारस्वरमा आगलागी हुँदा २ घर तथा ६ वटा परालको कुन्यो जलेर नष्ट भएका छन् ।

आगलागीमा लाखौं रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, स्थानीय सन्तोष कुमार साहको २ वटा एलिबेस्टरको घर तथा २ वटा परालको कुन्यो जलेर नस्ट भएको छ। छिमेकी अजय साह, सिताराम साहको ४ वटा परालको कुन्यो जलेर नष्ट भएका हुन् ।

आगलागीमा घरभित्र रहेका सम्पूर्ण सामग्री पनि जलेर नष्ट भएको अग्निपीडित सन्तोष कुमार साहले बताए । घर निर्माण गर्न घरमा राखिएको काठका सम्पूर्ण सरसमान जलेर खरानी भएको उनको भनाइ छ ।

आगलागीमा खाद्यान्न, लत्ताकपडा , घरभित्र रहेका काठ सामान जलेर खरानी हुँदा करिब २ लाख मूल्य बराबरको क्षति भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख प्रहरी नायब निरीक्षक जय प्रकाश साहको प्रारम्भिक अनुमान छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको वारूणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।