एकमहिने माघि स्नान कुम्भोमेला महोत्सवको तयारी पुरा

0
60
शेयर गर्नुहोला
विसुन देव सरदार/लहान/पुस३०गते।

सप्तरीको खडक नगरपालिका वडा नम्बर १० इनर्वा फुलबरिया भन्दा १०० मिटर पुर्व डङ्गराही , लकेश्वरी र देवघर नदिको संगमस्थलमा ‘सन्त तथा कुम्भो मेला महोत्सवको तयारी पूरा भएको खवर प्राप्त भएको छ।

सो माघि स्नान तथा कुम्भोमेला महोत्सव भोलि माघ १ गते बिहान ९:०० बजेबाट शुरुभई आउँदो माघ २९ गतेसम्म १ महिने लाग्ने एक स्थानीय रामानन्द सरदार बताए ।


सो महोत्सवको उदघाटन गर्न सप्तरी क्षेत्र नम्बर ४ संघिय साँसद माननीय तेजुलाल चौधरी आउँने भएको छ।

मेला भर्न नेपाल भारतका श्रद्धालुहरुद्वारा सुसज्जित रहेको स्थानीय रामानन्द सरदारले बताए ।

सन्त तथा कुम्भोमेला समिति खडक नगरपालिका १० डङ्गराहीद्वारा आयोजित सो महोत्सवमा सहभागिताका लागि आयोजकले हार्दिक अनुरोध गरेका छन।