सुखिपुरमा तेस्रो नगर स्तरीय खिचडी महोत्सवको तयारी

0
68
शेयर गर्नुहोला
विसुन देव सरदार/लहान/३०पुष। सिराहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ रामजानकी मन्दिरमा आउँदो माघ १ गते तेस्रो नगर स्तरीय खिचडी महोत्सवको तयारी पूरा भएको जानकारी प्राप्त भएको छ।

नगर सुधार समिति सुखीपुरको आयोजनामा १ दिने खिचडी महोत्सवको सम्पूर्ण कामकाज पूरा भएको नगर सुधार समिति सुखीपुरको संयोजक तथा नेपाली काङ्ग्रेसका नेता वि.पी भुवन यादवले बताए।

माघेसंक्रान्ति , तिला संक्रान्ति अवसरमा हुनगइरहेको खिचडी महोत्सवमा उपस्थितिका लागि सम्पूर्ण जिल्लाबासीमा नेता यादबले अनुरोध गरेका छन।

सो खिचडी महोत्सवमा विभिन्न कलाकारहरुद्वारा कला,साँस्कृतिक कार्यक्रम लगायत विभिन्न खाद्य परिकारहरुको प्रदर्शनी हुनेछ । जस्तै चुरा, मुरही, तिलबाट बनेका परिकारहरुको प्रदर्शनी हुनेछ ।


समयसमयमा नगर सुधार समिति सुखीपुरले सयम सापेक्ष सहयोग , सद्भाव प्रति स्थानीय संमोहित भएको सर्विदित्तै छ।


साथै बढदै गइरहेको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोम भाइरसको अवस्थालाई मध्यनजरमा राखि खिचडी महोत्सव गरिने छ।