लागुऔसध सहित दुई जना युवा पक्राउ

0
471
शेयर गर्नुहोला

 

उमेश कुमार साह

सप्तरी/पुस २३ गते । सप्तरीबाट लागूऔषधसहित दुई  जना प क्राउ परेका छन् । सप्तरीमा प्रहरीले राजगढ गाउँपालिका- ६ बनैनियाँबाट दुई युवकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालतर्फ साइकलमा आइरहेका विष्णुपुर गाउँपालिका ४ बस्ने २३ बर्षीय तेजनारायण यादव र तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० बर्षीय परमान्द महतोलाई लागूऔषधसहित प क्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार उनीहरुको साथबाट एसपिएम प्रोक्सिभोन ४ सय ८ थान, नाइट्राभेट–१० लेखिएको ४ थान र डाइलेक्स डिसी सय एमएलको ४ थान बरामद भएको छ ।

लागूऔषधसहित प क्राउ परेका तीनै जनाको अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।