सिराहा:काँग्रेसको जिल्ला सभापतिमा रामचन्द्र यादवको उम्मेदवारी घोषणा

0
112
शेयर गर्नुहोला
सप्तरीटुडे सम्बादाता/लहान २६ पुस । सिराहा जिल्लाको नेपाली काँग्रेसमा जिल्ला सभापतिमा पुनः रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेको छ । नेपाली काँग्रेस प्रदेश अध्यक्ष कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादव लगायतका नेताहरुले 
जिरोमाइलस्थित रामचन्द्र यादवको घरमै पुगेर  उनलाई सभापतिको उम्मेदवार घोषणा गरेको छ ।

यही आउँदो पुस २७ गते हुने नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत नेता यादवले उम्मेदवारीको घोषणा गर्नु भएको छ।


पार्टी सभापति शेरबहादुर देउवा समुहको आधिकारिक उम्मेदवार रामचन्द्र यादव नै रहेको पार्टीका शीर्ष नेता तथा कार्यक्रताको कथन छ।

जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै यादवले आफ्नो पुरा प्यानल विजयी हुने दावी गरे । उनले भने( पहिलो पटक ३ सय मतान्तरले विजयी भएको थिए । यसपटक अझ बढी मतले विजयी हुन्छु ।

नेता यादब हाल जिल्ला सभापति एवंम संविधानसभा सदस्य तथा पूर्व साँसद पनि थिए ।