एमाले सप्तरीको ९ औं अधिवेशनको यस्तो छ तयारी

0
223
शेयर गर्नुहोला

एमाले सप्तरी ९ औं अधिवेशनको यस्तो छ तयारी

पुस २२,२०७
राजविराज
नेपाल कम्युनिस्ट पार्टी (एमाले)सप्तरीले यहीँ पुस २३ र २४ गते ९ औं जिल्ला अधिवेशन गर्ने मिति तय गरेका छ्न।
मदन नगर स्थित पार्टी कार्यालयमा आज बिहिवार जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा सो बारे जानकारी गराएको हो।

गाउँ-गाउँबाट नेताकार्यकर्ताहरु रंगशालामा भेला भैइ उद्घाटन सत्रलाई भव्य बनाउने जानकारी दिएँ।सो पार्टीका प्रदेश न.२ इन्चार्ज रघुविर महासेठको प्रमुख आतिथ्यता र स्थायी कमिटी सदस्य प्रभु शाहको विशिष्ट आतिथ्यतामा उद्घाटन सत्र गराउने आन्तरिक तयारी रहेको सम्मेलनमा बोल्दै पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलले बताउनुभयो ।

प्रत्येक वडा कमिटीबाट र गाउँ तथा नगर कमिटीका कार्यकर्ताहरु रंगशालामा भेला गराउने छ।यसैगरी जिल्लामा १४ हजार संगठित सदस्य रहेकाले रंगशाला भरिभराउ हुने जिल्ला कमिटी सचीव देवनाथ यादवले बताएका छ्न।

करिब ६ सय जना भन्दा बढी अधिवेशन प्रतिनिधि छनोट गरिएको छ।राजविराजको राजरंगशालामा बिहान ११ बजे देखी उद्घाटन सत्र तथा अग्नि साइर कृष्ण संवरण गाउँपालिका स्थित ग्रीन गार्डेन पार्टी प्यालेस सितापुरमा बन्द सत्र गर्ने निर्णय गरेको छ।

सम्मेलन जिल्ला कमिटी संयोजक ताराकान्त चौधरीको अध्यक्षता र पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यतामा भएको थियो ।त्यसैगरि प्रेस चौतारी शाखा सप्तरी अध्यक्ष खगेन्द्र कार्कीले संचालन गरेको थियो भने इन्चार्ज दिवाकर देवकोटा , प्रदेश कमिटि सदस्यहरु अब्दुल मजिद साकिर,सप्तकोसी नगर प्रमुख उत्तम गौतम,अशोक यादव,जयप्रकाश ठाकुर,राजाराम यादव,हिरण्य गुप्ता लगायतको उपस्थित रहेको थियो ।