शैक्षिक क्षेत्रमा उत्कृष्ठ क्रियाकलाप गर्दै, श्री चन्द्रा नमुना मा. बिधालयले मनाए ६५ औं वाषिर्कोत्सव

0
217
शेयर गर्नुहोला

उमेश कुमार साह, १४ पुस – बुधबार 

बोदे बर्साईन: सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ मा रहेका श्री चन्द्रा नमुना माध्यमिक विध्यालयले ६५ औँ वाषिर्कोत्सव मानएका छन् ।शैक्षिक क्षेत्रमा उत्कृष्ठ क्रियाकलाप गर्दै नमुना विद्यालय बन्न सफल श्री चन्द्रा नमुना माध्यमिक बिधालयले सफलतम ६५ औ बार्षिक उत्सव विभिध कार्यक्रम संगै सम्पन्न गरेको हो ।

एक कार्यक्रमको बीच बिधालय ब्यवस्थापन समिति अध्यक्ष अनिरुद्व कुमार सिंह यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

यसैगरी कार्यक्रमको प्रमुख अतिथि प्रदेश न २ को अर्थ मन्त्री माननीय शैलेन्द्र प्रसाद साहले कार्यक्रममा बोल्दै ६५ वर्ष अगाडी आजकै दिन तत्कालीन राजा महेन्द्र बिरविक्रम साहले विद्यालयको शिलान्यास गरेको बताए । बोदे बर्साईन क्षेत्रका समाजसेवी स्वर्गीय शत्रुधन प्रसाद सिंह यादवले दान गरेको १६१ विघा जग्गामा विद्यालय स्थापना भएको बताए । कार्यक्रममा प्रमुख अतिथि साहले भने तत्कालीन समयमा दरभंगा,मधुबनी, लगायत भारतको विभिन्न ठाउँमा यहाँका स्थानीयलाई पढ्न जाने बाध्यता रहेकाले समाजसेवी स्वर्गीय शत्रुघ्न प्रसाद सिंह यादवले शिक्षारूपी अन्धकारलाई हटाउन शिक्षा क्षेत्रमा लगानी गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय साहले अहिलेको जमनामा शिक्षा विनामा मानिसको जीवन चल्न नसक्ने वताएका छन् । कार्यक्रममा सम्बोधन गर्दै अर्थ मन्त्री साहले अहिलेको समयमा शिक्षाको महत्वका विषयमा जोड दिएका हुन् । उनले शिक्षा हासिल गर्नु पवित्र कार्य मात्र नभएर मानिसलाई सभ्य बनाउन समेत शिक्षाको महत्व रहेको बताए ।

कार्यक्रमको बिशिस्ठ अतिथि बोदे बर्साईन नगरपालिका नगर प्रमुख तथा दाता परिवार सदस्य आतेश कुमार सिंह यादव , दाता परिवारका सदस्य , बृजेन्द्र कुमार सिंह यादव ,दिलिप कुमार सिंह यादव ,मन्जित कुमार सिंह यादव , बोदे बर्साईन नगरपालिकाको नगर उप- प्रमुख रन्जु कुमारी साह , अतिथिहरु नगर शिक्षा प्रमुख राम शागर यादव , वडा अध्यक्ष मो. मजिवुर रहमान , दिगम्भर यादव , प्रधनाध्यापक गौरि शंकर चौधरी , बिधालय व्यवस्थापन समितिका सदस्य बिध्या नारायण यादव , भु पु प्रअ हिरालाल यादव , लगायतले संस्थापक दाता स्वर्गीय शत्रुघ्न प्रसाद सिंह यादवले गरेको योगदान बारेमा चर्चा गरेका थिए । अतिथिहरु ईलाका प्रशासन कार्यालय बोदे बर्साईनका प्रमुख दिनेश राउत , ईलाका प्रहरी कार्यालय बोदे बर्साईन प्रमुख जय प्रकाश साह , सशस्त्र बेश क्याम्प बोदे बर्साईन प्रमुख शुभ नारायण मंडल, बिधालय व्यवस्थापन समितिका प्रतिनिधि , प्रतिनिधि,शिक्षाप्रेमी,बुद्धिजिवि,पत्रकार, अभिभावक, बिद्यार्थी ,कर्मचारी लगायतको सहभागिता रहेको थियो । शैक्षिक सुधारका लागि जिल्ला मा महत्वपुर्ण काम भएको छ ।त्यसमा सहकार्य गर्नको लागि आफुहरु निरन्तर लागि परेको प्रमुख अतिथि साहले बताए ।जिल्लाको श्री चन्द्रा नमुना माध्यमिक बिधालय पनि प्राविधिक धार कम्प्युटर ईन्जिनियरीङ् जस्ता कक्षा संचालन गरेर सदरमुकाम का विधार्थी बोदे बर्साईनमा लगेर पठनपाठन गराउन सफल भएको बताउनुभएको छ ।

कार्यक्रममा शैक्षिक सत्र २०७६ मा कक्षागत रुपमा र विद्यालयबाट प्रथम, दृतीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो ।

त्यस्तै विद्यालयले विभिन्न किसिमका प्रविधिहरुको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

समारोह कार्यक्रमलाई सम्बोधन गर्दै बिशिस्ट अतिथि बोदे बर्साईन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिंह यादवले विद्यालयलाई अझै नमुना वनाउने कुरामा वताउनुभएको थियो।कार्यक्रममा बोल्दै प्रमुख यादवले २०१३ सालमा स्थापना भएको नमुना विद्यालय तथा विद्यालयको भौतिक र शैक्षिक गुणस्तर वृद्धिकाे लागि शुभकामना दिनुभयाे । उहाँले शिक्षाको क्षेत्रमा प्राबिधक तथा गुणस्तरीय शिक्षा प्रदानका नगरपालिकाले सहयाेग गर्ने बताउनुभयाे । सामुदायिक विद्यालयमध्ये श्री चन्द्रा नमुना मा.वि. नगरकै उत्कृष्ट विद्यालयको सूचीमा रहेको बताए । विद्यार्थी र विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि नगरपालिका र आफू प्रतिबद्ध रहेको बताउँदै नगरप्रमुख यादवले बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र सम्बन्धित सम्पूर्ण पक्षले विशेष भुमिका खेल्नुपर्ने बताए । उनले शिक्षक मात्रैको प्रयासले शैक्षिक अवस्था सुधार गर्न नसकिने बताउदै यसका लागि अभिभावक, बिद्यालय व्यवस्थापन समिति पनि जागरुक भएर लाग्नुपर्ने बताए । यसका लागि स्थानीय सरकारको पनि उत्तिकै भूमिका रहेको बताउँदै आफु सदैव तयार रहेको बताए ।

तत्कालिन बोदे बर्साईन गाविस वाड नं १ मा बि. सं २०१३ सालमा स्थापना भएकाे उक्त विद्यालयले आफ्नाे छुट्टै पहिचान बनाएकाे मेयर यादवले बताए ।तत्कालिन समयमा शिक्षा लिनु पर्छ भन्ने सम्म ज्ञान नभएकाे समयमा शिक्षा प्रेमि अगुबाहरूकाे पहल विद्यालय स्थापना भए पश्चात आसपासका क्षेत्रमा शिक्षाकाे महत्व बढ्दै गएकाे बुझिन्छ ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत देखाइएकाे थियाे भने

यस कार्यक्रमको उध्घोसक यस माध्यमिक बिधालयको गणित शिक्षक जितेन्द्र प्रसाद गुप्ता थिए ।