भोलेशंकर कृषि सहकारी संस्थाले आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न

0
667
शेयर गर्नुहोला

उमेश कुमार साह
बोदे बर्साईन १२ : भोलेशंकर कृषि सहकारी संस्था लि.बोदे बर्साईन नगरपालिका १० खडगपुरले आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ।

स्वच्छ दुध उत्पादनको लागि उन्नत गाईभैसी पालन व्यवसाय उप-आयोजना कार्यक्रम सम्पन्न भएको हो। भोलेशंकर कृषि सहकारी संस्था लि. खडगपुर र सहयोगी संस्थामा नेपाल लाइभस्टक सेकटर इनोभेसन आयोजना बिकेन्द्रीकृत आयोजना सहयोग ईकाई हेटौंडाको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको हो। मानव जिबनमा दुधलाई उपयुक्त ठानेकोले सयौं स्थानीय उपभोक्ताहरुको छलफल र सल्लाह सुझावको आत्मसात गर्दै सार्बजनिक सुनवाइ कार्यक्रम गरेका थिए।

भोलेशंकर कृषि सहकारी संस्था लि को अध्यक्ष बिमला यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने बोदे बर्साईन नगरपालिकाको मेयर आतेश कुमार सिंह यादवले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो। मेयर यादवले मैनवती वालेर सुनुवाइ कार्यक्रमको उद्घघाटन गरेका थिए।

बिशिस्ट अतिथिहरुमा जिल्ला पशु भेटेनरी बिग हस्पिटल राजबिराजको प्रमुख डा.प्रभात झा , अतिथि वडा अध्यक्ष सुनित यादव बोदे बर्साईन कृषि शाखा प्रमुख अर्जुन यादव ,समाज सेबी राम कुमार यादव , बिनोद यादव , दिपक यादव ,अधिक लाल सदाय , दिलिप कुमार यादव ,पत्रकार उमेश कुमार साह लगायतका सयौं अतिथिहरुको सहभागीता रहेको थियो।

२०६८ सालमा उक्त संस्थाको स्थापना भएको भोलेशंकर कृषि सहकारी संस्था लिको संस्थापक किशोर यादवले बताए ।