सप्तरीको बोदे बर्साईनमा पनि पशुचौपायामा देखियो अज्ञात रोग, पशुचौपाया मर्दै

0
416
शेयर गर्नुहोला

 

सप्तरी, १२ पुस सोमबार  ।

उमेश कुमार साह

सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर –५ बोदे बर्साईनमा फैलिएको अज्ञात रोगले धमाधम पशु चौपाया मर्न थालेका छन् । एक सातादेखि फैलिएको सो रोगको संक्रमणबाट अझैं पशु चौपाया मर्ने क्रम जारी नै रहेकोले कृषकहरु चिन्तित बनेका छन् ।

रोगको संक्रमणबाट पशु चौपाया मरेको छ भने दर्जनौं पशु चौपायामा रोगले ग्रसित देखिएको स्थनीयहरु बताउँछन् ।
एक साताअघि नै चौपायामा रोग देखिएको छ’ स्थानीय गोपाल प्रसाद सिंहले भने–‘चौपायाको मुखबाट र्याल आउने, काप्ने, छट्पटाउने, घाँस र पानी नखाने, गोडा सुनिने, खुट्टा र मुखमा घाउ हुने, पेट फुल्ने र झोक्रिएर बस्ने जस्ता लक्षण देखिने गरेको र पछि चौपाया मर्ने गरेको छ ।’
स्थानीय गोपाल प्रसाद सिंह कृषकका दुई वटा चौपाया मरेको छ भने अहिले पनि धेरैजसो चौपाया विरामी रहेको उनले बताए ।

‘सुरु–सुरुमा चौपायामा खुट्टा र मुखमा घाउ आउने समस्या देखियो, समान्य कुरा भनेर हामीले घरेलु औषधी उपचार सुरु गरे’ स्थानीय कृषक सन्तोष प्रसाद सिंहले भने–‘घरेलु दवाइले पनि केही चौपाया निको भयो तर अन्य चौपायामा पनि फरक फरक लक्षण देखिन थालेका छन’

अहिले जे जति उपचार गराउँदै आएता पनि पेट फुल्ने र झोक्रिएर बस्ने जस्ता लक्षण देखिएर चौपाया मर्न नै थालेको उनले बताए । ‘अहिले धान भित्रियाउने बेला रहेकोले आफुहरुलाई दोहोरो खेप्नु परेको छ’ उहाँले भन्नभुयो–‘धान भित्रियाउने की चौपायाको उपचार गराउने?, दुविधामै लाखौंको क्षति हुन पुगेको छ ।

चौपायाहरु विरामी देखिएता पनि सरोकारबालाले गम्भीरता नदेखाएको प्रति स्थानीय गोपाल प्रसाद सिंहले आक्रोश व्यक्त गरे ।
स्थानीय सिंहले तत्काल रोगको पत्ता लगाएर उपचारतर्फ गम्भीता देखाउन आग्रह समेत गरे ।
केही दिन अगाडि छिन्नमस्ता गाउँपालिका–४ ललापट्टी टोलमा फैलिएको अज्ञात रोगले धमाधम पशु चौपाया मरेका थियो।केही दिनअगाडि दुई सातादेखि फैलिएको सो रोगको संक्रमणबाट अझैं पशु चौपाया मर्ने क्रम जारी नै रहेकोले कृषकहरु चिन्तित बनेका छन ।