सप्तरीमा लागू औषध कारोबारी माथि प्रहार

0
656
शेयर गर्नुहोला

 

१२ पुस २०७७ राजविराज ।

उमेश कुमार साह                                                 सप्तरी प्रहरीले ठुलो मात्रामा लागूऔषधसहति २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार पत्रकार सम्मेल गरी उनीहरुलाई सार्वननिक गरेका छन् ।
राजविराजबाट काठमाडौंको लागि त्यारी अवस्थमा राखिएको बसको डिकिबाट लागुऔषध बरामद भएको सप्तरी प्रहरीले जनाएको छ । गोप्य सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले राजविराज नगरपालिका वडा नम्वर २ स्थित गुलाब ग्यारेज अगाडी बस पार्कीङ गरी राखेको अवस्थमा चेक जाँच गर्दा उक्त परिणामको लागुऔषध बरामद भएको सप्तरीका एसपी अविनारायण काफ्लले जानकारी दिए ।
बसको डिकिमा बोराभित्र लागुऔषध भेटिएपछि दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नम्वर ८ बस्ने ३६ वर्षीय संजय भुजेल र बोदेबरसाईन नगरपालिका वडा नम्वर ५ जाँजर बस्ने २१ वर्षीय अब्दुल रहेका छन् ।
प्रहरीले एउटा बसबाट नाईटेभेट १० लेखिएको ७० पत्ता २ हजार १ सय ट्यावलेट, एसपीएम पाइरोक्सभेन क्यापसु्ल २ सय ८८ थान र डाईलेक्स डीसी १०० एमेल ३ सय ९९ थान बोतल लागुऔषध बरामद गरेको छ ।
पक्राउ परेका दुईबैजनालाई लागुऔषध सम्बन्धीमा म्याद थप गरी जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी अनुसन्धान भईरहेको सप्तरीका एसपी काफ्लले जानकारी दिए ।

यता श्रोतकाअनुसार मो.अब्दुल ओसारपोसार गर्ने भरिया मात्रै हुन् । लागुऔषध खरिद गर्ने र बोदे बरसाइन वडा नम्वर ५ जाँजरमै आफ्नो घरमा स्टोर गरेर राख्ने र माग अनुसार धरान र काठमाडौंसम्म पठाउने गिरोहका ब्यक्तिको घरमा छापा मार्दा पनि कोही पक्राउ परेका छैन ।