उत्पीडित जातीय मुक्ति समाजको नगर कमिटी गठन

0
201
शेयर गर्नुहोला

उत्पीडित जातीय मुक्ति समाजको नगर कमिटी गठन

पुस ११,२०७८
राजविराज
नेकपा(एमाले)निकट भात् संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको शम्भुनाथ नगर कमिटी गठन भएको छ।

हिजो शनिबार शम्भुनाथ नगरपालिका स्थित एक कार्यक्रम बीच रामधिन पासवानको नेतृत्वमा नगर कमिटी गठन भएको पार्टी जिल्ला कमिटी सदस्य लक्ष्मीकान्त चौधरीले बताएका छ्न।

कमिटीका उपाध्यक्षमा सोमन राम र कोषाध्यक्षमा भोलीदेवी सरदार चयन भएका छ्न।यसैगरी युगेश्वर मंडललाई सचीवमा चयन गरेको छ।

कार्यक्रम पासवानको अध्यक्षता र समाजको केन्द्रिय सदस्य पंचदेव खङ्गको प्रमुख आतिथ्यतामा भएको थियो।पार्टी जिल्ला कमिटी सदस्य लक्ष्मीकान्त चौधरी र नगर कमिटी अध्यक्ष श्रीनारायण चौधरी लगायतको स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।