इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख शाहलाई पुत्र लाभ, बधाई दिनेको लर्को

0
153
शेयर गर्नुहोला

 

१० पुस२०७८, शनिबार : उमेश कुमार साह 

कल्याणपुर । सप्तरी स्थित इलाका प्रहरी कार्यालय कल्याणपुरको प्रमुख प्रहरी निरीक्षक उमां शंकर शाहलाई पुत्र लाभ भएको छ ।

उनकी धर्मपत्नी ममता साहले शनिबार बिहान करिब १२ बजेर ०३ मिनेटमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् । सप्तरीको राजबिराज स्थित छिन्नमस्ता हस्पिटलमा ममताले पहिलो छोरालाई जन्म दिएको प्रमुख प्रहरी निरीक्षक शाहले जानकारी दिनु भयो । उनले भने–‘आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो छ ।’ सल्यक्रिया मार्फत छोराको जन्म भएको बताए ।

उनले सल्यक्रियामा संलग्न स्त्री रोग बिशेषज्ञ डा.सन्तोष झा लगायतका छिन्नमस्ता अस्पतालको सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई धन्यबाद ज्ञापन गरेका छन् । यस्तै प्रथम पुत्र लाभ भएको जानकारी पाए पछि शुभकामना दिनेहरुको लर्को लागेको छ ।