युवा समाजसेवी सरोज साह( प्रेम) द्वारा बिपन्न दलित समुदायलाई न्यानाे कपडा वितरण

0
250
शेयर गर्नुहोला

 

१० पुस शनिबार
उमेश कुमार साह

बोदे बर्साईन :सप्तरीमा जाडोबाट समस्यामा रहेको दलित बिपन्न परिवारलाई शनिबार न्यानो कपडा बितरण गरिएको छ।

सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ४ सिल्हट प्रसाहीको अति बिपन परिवार मुसहर समुदायलाई स्थानीय युवा समाजसेवी सरोज कुमार साह ( प्रेम )द्वारा मुसहर समुदायमा न्यानाे कपडा वितरण गरेकाे छ ।

सप्तरीको बोदे बर्साईन नगरपालिकाको अति दलित बिपन्न बस्ती सिल्हट-प्रसाहीका ४६ मुसहर परिवारका सदस्यलाई न्यानो कपडा बितरण गरिएको हो।
बोदे बर्साईन नगरपालिका वडा नम्बर ०४ प्रसाहीगाउँ बस्ने युवा , समाजसेवी सरोज कुमार साह (प्रेम)ले आफ्नो कोषबाट बोदे बर्साईन नगरपालिका वडा नम्बर ४ सिल्हटमा रहेका अत्यन्तै बिपन्न ४६ घर मुसहर समुदायलाई ४६ थान सिरक लगायतका न्यानाे कपडाहरू वितरण गरिएकाे कार्यक्रमको
संयाेजक सरोज कुमार साह( प्रेम)ले बताए ।

निरन्तर बढेको चिसो र शीतलहरको कारण मध्य तराईको जनजीवन प्रभावित भएको छ।
बिहानैदेखि पर्ने शीतलहर कुहिरो र चिसो हावा बतासले कठ्यांग्रिन थालेपछि दैनिक काम गर्न सर्वसाधारणलाई समस्या परेकाे साहले बताए।

विगतका धेरै वर्षदेखि जिल्लाका विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको भए पनि यो पटकको सहयोग अन्य ठाउँको भन्दा महत्वपूर्ण हाम्रो गाउँठाउमा सहयोग राम्रो भएको उहाँको भनाइ छ ।
आर्थिक अवस्था कमजोरका कारण जाडोबाट बच्ने लुगा किन्न नसक्ने मुसहर समुदायलाई न्यानो कपडा पाउँदा अत्यन्तै हर्षित भएका छन् ।

जाडोको सिजन शुरु भएको छ । लुगा किन्ने पैसा थिएन मनकारी भावना बोकेका साहले सहयोग गरेकोमा धन्यवाद दिँदै स्थानीयले भगवान् आएको अनुभूति गरेका स्थानीय गणेश सदायले बताए ।यस कार्यक्रम अन्तर्गत सहयोग गर्ने स्थानीय घनश्याम साह , कृष्णा साह , सन्तोष साह लगायतका युवाहरुको उपस्थितिमा न्यानो कपडा बितरणमा सहयोग पुर्याएका थियो ।” एक घर एक कम्बल सबैमिलि बचाउ ,गरिबको जीवन” भने नाराका साथ सहयोग गर्ने युवा समाजसेवी सरोज कुमार साह( प्रेम)को छोरा शारंस साहले सम्पुर्ण सहयोग गर्ने इक्छुक युवा ,समाजसेवी , अभियानकर्तालाई सहयोगको अपिल गरेका छन।