सिराहा:घरायसी विवादको क्रममा श्रीमतीले चिर्पट प्रहार गर्दा श्रीमानको मृ त्यु

0
156
शेयर गर्नुहोला
सिरहा/पुस ८ गते। सिराहामा घरायसी विवादको क्रममा श्रीमतीले श्रीमानको ह त्या गरेको छ ।

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका– १४ मड्यानमा घरायसी विवादको क्रममा श्रीमतीले दाउराको चिर्पटले श्रीमानको टाउकोमा हान्दा गम्भीर घाइते भएका उनको मृ त्यु भएको प्रहरीले जनाएको छ ।

गत मंगलबार अपराह्न घरायसी विवादका क्रममा श्रीमती ३७ वर्षीया हर्कमाया विश्वकर्माले चिर्पटले हान्दा अत्यधिक रक्तश्राव भई गम्भीर घाइते भएका करिब ४० वर्षीय टेकबहादुर विश्वकर्मालाई एक दिनपछि बुधबार साँझ उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृ त्यु भएको हो।

घाइतेको श व पोस्टमार्टमका लागि लहान ल्याइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कैलाश खत्रीले जानकारी दिए।चिर्पट प्रहार गर्ने हर्कमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ।उनीहरूको झ गडा हुनुको कारण नखुलेको प्रहरीले जनाएको छ।