जसपा नेपाल बोदे बसाईन वडा कमिटी समायोजन

0
316
शेयर गर्नुहोला

 

उमेश कुमार साह 
६ पुस , बोदे बर्साईन ।

बोदे बर्साईन:  जनता  समाजवादी पार्टी नेपाल बोदे बर्साईन नगर समितिका अध्यक्ष अरुण कुमार यादवको अध्यक्षतामा बोदे बर्साईन नगरपालिका वडा नम्बर १ घनगढीमा जसपा नेपाल वडा समायोजन कार्यक्रम सम्पन्न भएको छ ।

जसपा नेपाल वडा समायोजनमा २३ सदस्य समिति गठन भएकाछन् ।

सो नवगठित समितिमा अध्यक्ष बैधनाथ प्रसाद साह, उपाध्यक्ष बन्दीलाल ठाकुर , उपाध्यक्ष सुवदार चौधरी, सचिब दिनेश प्रसाद यादव सह सचीब धर्मदेव यादव , कोषाध्यक्ष चन्द्रीका कुमारी राम सहित २३ सदस्य समिती बनेको छ ।

कार्यक्रमको प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादव, अतिथि वडा अध्यक्ष धिरेन्द्र यादव ,बुद्धिजीवी, सल्लाहकार लगायत सयौं संख्यामा स्थानीयवासीको उपस्थितिमा जसपा नेपाल वडा समिती समायोजन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता अरुण कुमार यादवले गरेका थिए भने सञ्चालन जसपा नेपाल नगर समितिका सचिव चलित्र प्रसाद यादवले सञ्चालन गरेका थियो ।