कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी गुल्जार मियाँ ७ बर्षपछि  पक्राउ,

0
243
शेयर गर्नुहोला

 

२२ मंसिर , बुधबार २०७८
उमेश कुमार साह

बोदे बर्साईन ।

सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर — ९ बस्ने ४५ वर्षीय गुल्जार मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

साविक पटेर्वा गाविस — १ बस्ने कैलि खातुनको जाहेरी अनुसार उनका श्रीमान ४८ वर्षीय सहबुद र बुहारी २७ वर्षीय सगिरा खातुनलाई कर्तब्य ज्यान गरि फरार रहेको थियो । ईलका प्रहरी कार्यालय कडरबोना सप्तरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र पासमानको कमाण्डमा खटिएका प्रहरी टोलिले गोप्य सुचनाको अधारमा जिल्ला सिरहा सखुवानन्कारकट्टी गाउँपालिका— १ महेशवारी मा लुकिछिपी बसिरहेको अवस्थमा गुल्जार मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका राजबिराजका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

साहबुद र सगिराको शव कल्याणपुर गाविस— ८ बिसनपुर चौक देखि ३०० मि. दश्क्षिण कुखरा फारम २०७२ जेष्ठ ६ उत्खन्न गर्दा सप्तरी प्रहरीले फेला पारेको थियो । सो घटना संलग्न सप्तरी सारश्वर — ४ बस्ने आलाउद्धिन मियाँ, उनकी श्रीमती बविना खातुन, साविक टिकुलिया गाविस — ७ बस्ने सकिल हुसेन मियाँ, शम्भुनाथ नगरपालिका — २ कनकपी बस्ने नसरुल मियाँ, भारत जिल्ला मधुबनी लौकहा बगमरिया हाल सप्तरी सारश्वर गाविस — ७ घर भई बस्ने मस्तकिम भन्ने रईस मियाँ यस अघि नै प्रकाउ परि सकेको थियो । जसमा सकिललाई इन्टरपोल सहयताले कतार बाट र रईस लाई बिदेश जान लागेको बेलामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । भने गुल्जार मियाँ फरार भएका थिए ।

साथै सप्तरी जिल्ला जन्डौल घर भएकी दुलारी देवी साहको समेत कर्तब्य ज्यान गरि गुल्जार मियाँ फरार रहेका थियो । साबिक जनडौल गाविस—८ स्थित चुरे जगंलको फेद कुलो कल्र्भटमा गाडेको अवस्थामा २०७२ बैशाख २७ गते निज दुलारी देवी साहको मानव कंकाल फेला प्रहरीले पारेको थियो । पक्राउ परेका गुल्जार मियाँलाई आवश्य कार्वाहीका लागि सम्मानि जिल्ला अदालतमा बुझाउने तैयाारी भई रहेको सप्तरी प्रहरुी प्रवक्ता प्रहरी नायव निरीक्षक माधव प्रसाद काफले बताएको छ ।

सप्तरीका सिरियल किलर सकिलले घटाएको घटना , यसरी भयो सासु बुहारीको हत्या

सो घटनामा संल्गन भएका मुख्य अभियुतm सप्तरी टिकुलिया घर भएका सकिल हुसेन मियाँलाई अन्र्तराष्ट्रिय प्रहरी संगठन – ( इन्टरपोल ) कतार शाखाले पक्राउ गरि २०७४ फाल्गुन २० मा नेपाल प्रहरीलाई जिम्मा लगाईयो । सकिल सप्तरी देखि सुनसरी सम्मका नौ जनाको शृंखलाबद्ध हत्याको मुख्य योजनाकार एकै ब्यतिm रहेको तथ्य सप्तरी प्रहरीले फेला पारेको थियो ।

सप्तरीका पटेर्वा — १ स्थित बिहुल खोला किनार आरुल मियाँ र पाण्डव पासमानको टाउको र हाथ काटी हत्या गरि गाडिएको सव प्रहरीले बरामद गर्याे । अरुलका दाई कलामुदिनको जाहरी अनुसार प्रहरीले २०६८ मंसिर ४ गते सकिललाई पक्राउ गर्यो । केही दिन थुनुमा बसेका सिकल ०६९जेठ २ मा तारेखमा छुटे ।

जिल्ला अदालतको ०६९ चैतको आदेशअनुसार प्रहरी अनुसन्धान मिसिलमा जुटाइएको आसय बाझिएको फाइदा सकिललाई पुग्यो । उनले सफाइ पाए । सडेगलेको अवस्थामा रहेको शवको डिएनए परिक्षण प्रहरीले नगराएको कारण प्रहरीले बरामद गरेको कंकाल आरुल मियाँको हो भन्ने प्रमाणित नभएकोले उनको मृत्यु पुष्टि नभएको अदालतको आदेशपत्रमा उल्लेख छ ।

कैलि कि छोरा मोहम्द आलम सप्तरी कनचिराका सहदेव साहको हत्या अभियोगमा थुनामा रहेको थियो । थुनामै रहेको बेला मोहम्द आलम र सकिल बिच भेट भयो । सकिल छुटन लागेको थाह पाएछि मोहम्द आलमले मेरो लागि पनि प्रयास गरि दिनु होला भनि आग्रह गरेको थियो । हत्या अभियोगमा थुनामा परेका मोहम्द आलमको घर पुगि सकिलले सहबुद र आल्मपत्नी सगिरालाई उनदाई छुटाउन रकम खर्च गर्न भने । दुबैले सकिललाई नाइँ भन्न सकेनन् । सकिलले भने अनुसार (चार लाख ) रकम दिन राजि भए दिए पनि ।

रकम दिए पनि आलम नछुटेपछि सकिलमाथि सहबुद । सगिरा दबाब बढायो । सकिलले दुबैलाई मुद्दा मिलाउन काठमाडौं जानुपर्छ भनेर ०६९ असोज १० मा कुशहा चौक बोलाए । दुबैलाई लिएर सकिल कल्याणपुर — ८ स्थित बिसनपुर — बर्साईन सडक खण्डमा रहेको आफनो कुखरा फार्म आए । सहयोगी समेतको संलग्नतामा ससुरा—बुहारीको हत्या गरि त्यहीँ गाडि हत्यापछि केही दिन फरार भयो असोज १७ मा कुशहा चौकमा देखा परे ।

उनी सँगै काठमाण्डौं सहबुद र सगिरालाई खोज्न कैलि खातुनले कडरबोना निवेदन दिइन् । बडरबोना प्रहरीले समान्य सोधपुछ गरि सकिललाई छाडि दिएँ । निवेदनमा सुनवाइ नभएपछि कैलि खातुनले ०६९ कात्तिकमा ३० मा सकिलाई विपछि बनाई अपहरण तथा शरीर बन्धक मुद्दा कल्याणपुर प्रहरीमा दर्ता गराइन् । ०६९ मंुिरमा पक्राउ गरि जिल्ला प्रहरीमा पठाइयो । सकिलले सप्तरी जन्डौल — ८ कि दुलारी देवी साहलाई प्रयोग गरि प्रहरीलाई चक्मा दिन सफल रहयो । दुलारी देवी साहले दिएको निवेदनमा सहबुद र सगिरा मेरो घरमा बसेको बेला नगद र धननमाल चोरी गरि भागे । उक्त निवेदन ०६९ कात्तिक ७ मा नै जिल्ला प्रहरीमा भएकोले दर्ता भएकोले जिल्ला प्रहरीले छाडि दियो ।
यसरी खुल्यो सिरयल किलर सकिलको पोल ०७० चैत्र २ मा सप्तरी त्रिकोल— ५कि अधिकारकमी निर्माला देवी साहको हत्या गरे । निर्माला हत्या अनुसन्धानमा तीन पुरुष र तीन पुरुषलाई प्रहरीले नियन्त्रणमा लियो । पक्राउ परेका सप्तरी साविक सारश्वर गाविस — ४ का अल्लाउद्धिन मियाँको बयानबाट नौ हत्याको श्रंखला फेला पारेको थियो ।
सकिलले हत्या गरेका नौ जनामा सप्तरी पटेर्वा बस्ने सहबुद र सगिरा , जन्डोल घर भएका दुलारी देवी साह, त्रिकोलका निर्माला देवी साह, मल्हनियाँका पाण्डव पासमान, पटेर्वाका आरुल मियाँ, र सुनसरी इनर्वा बस्ने अफनै श्रमती ,सासु, ससुरा समेतको हत्या गरेको थियो ।