बलान बिहुल गाउँपालिकामा दोस्रो मेयर टी-२० टुर्नामेन्तको उदघाटन, खेलमा लालपुर बिजयी

0
234
शेयर गर्नुहोला

 

उमेश कुमार साह, कार्तिक १९
सप्तरी । दोस्रो बलान बिहुल मेयर टी २० टुर्नामेन्तको उदघाटन खेल सम्पन्न भएको छ । आज भएको उदघाटन खेलमा सुखिपुरलाई पराजित गर्दै लालपुर बिजयी भएको छ ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लालपुर निर्धारित ओभरमा ८ बिकेट गुमाई ९२ रन बनाएको थियो । जवाफमा ९३ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेका सुखिपुर टिम सम्पुर्ण बिकेट गुमाई मात्र १५ रन बनाई ७७ रनले हार ब्यहोरेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु। ३१ हजार नगद र ट्रफी, दोस्रो हुनेलाई रु। २१ हजार नगद र ट्रफीको व्यवस्था गरिएको छ ।

बलान बिहुल ३ दुधैला क्रिकेट मैदानमा आजदेखी सुरु भएको खेल बलान बिहुल गाउँपालिकाको सहयोग र दुधैला युवा क्लबको आयोजनामा उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

क्लबको अध्यक्ष राम नारायण पण्डितको अध्यक्षता तथा गापा अध्यक्ष दयानन्द गोईतको प्रमुख आतिथ्य र वडा ३ का वडा अध्यक्ष कपलेश्वर मण्डलको बिशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता खेमचन्द्र यादव, नेकपा एमालेका नेता अशोक यादव, कार्यपालिका सदस्य हरी राम लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेखनीय उपस्थिती रहेको थियो