टिकटक बनाउने क्रममा तीन तलामाथीबाट खसेर घाइते

0
335
शेयर गर्नुहोला

सप्तरी टुडे सम्वादाता

कार्तिक ९

बिराटनगर
अचेल जताततै टिकटक बनाउनेहरु संख्यात्मक मात्रामा भेटिन्छ ।नेपालको पहाडी र तराई भेगमा टिकटकको प्रभाव खासमा युवायुवतीहरुमा निकै रहेको पाइन्छ ।टिकटक बनाउने क्रममा युवायुवतीहरु दुर्घटनामा परेको पनि पाइन्छ ।यस्तै दुर्घटनामा धरानका अमृत मरिक नाम गरेका एक युवक परेका छ्न।मरिक टिकटक गित रेकर्ड गरिरहेको बेला तिनतला माथीको छतबाट भुइँमा लडेर घाइते भएका छ्न।

धरान उपमहानगरपालिका वडा नम्बर १ छाता चौकका २४ वर्षीय मरिक गत कार्तिक २८ गतेका दिन खसेर घाइते भएका हुन।उपमहानगरको नयाँ भवनको माथिल्लो तलाबाट गित रेकर्ड गरिरहेका बेला भुइँमा खसेका थिएँ ।टिकटक युजरहरु कहिले झोलुङ्गे पुलबाट नदिमा खसेर मृत्यु भएको त कहिले छतबाट लडेर घाइते भएको खबर सुन्न पाइन्छ ।घाइते मरिक पनि यसरी नै जोशमै रेकर्ड गरिरहेको बेला होस गुमाएर भुइँमा खसेको थियो ।उसको अहिले बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ्।दाहिने खुट्टा र हात भाँच्चिएर स्टिल लगाइएको छ। भने परिवार आर्थिक नोक्सानीमा परेको दाजु गंगाराम मरिकले बताएका छ्न।

चर्चित नेपाली गित “अल्लारे ठिटा,कमाउनु छ पैसाको बिटा”भन्ने गितमा नाचिरहदा भवनको तिनतला माथीबाट लडेर खुट्टा र हात भाच्चिएको उनले बताएका छ्न।दुई दिनसम्म धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानको आइसियु बेडमा रहेका उनलाई थप उपचारका बिराटनगर ल्याइएको छ। मिस्टर लेजि ८(mr.lazy8)टिकटक प्रोफाइल रहेको उनले करिब दुई तीन महिना अघिदेखी टिकटक बनाउन शुरु गरेका हुन।

हुन त नेपालमा टिकटक,पबजी र फ्रीफायर प्रतिबन्ध हुनुपर्ने अवाज चारेतिरबाट उठन थालेका छ। विद्यार्थी होस या युवायुवती ।अहिले यिनिहरुको महत्त्वपूर्ण समय टिकटक र पबजी खेलहरुमा खेर गैइरहेको छ।चौक होस ।या पार्क,अथवा अन्य लोकप्रिय तथा सुदर ठाउँमा टिकटक बनाउनेहरु प्रशस्त पाइन्छ ।यसले मानसिक रुपमा।जेजति असर पारेपनी भौतिक दुर्घटनामा परिरहेको घटनाहरु देखापरेका छ्न।यसरी नै अन्लाईन गेम र टिकटकले कयौं युवाहरू आर्थिक दोहनमा परिरहेको घट्ना देख्न सकिन्छ ।के नेपालमा सार्वजनिक भवन र स्थानमा टिकटक बनाउन प्रतिबन्ध लगाउन पहल हुने हो त?सबै पक्षले यसबारे सोच्न आवश्यक परेको देखिन्छ ।