कांग्रेसमा पुस्तान्तरण’भन्दा पनि रूपान्तरण जरूरी छ: पौडेल

0
200
शेयर गर्नुहोला

कांग्रेसमा पुस्तान्तरण’भन्दा पनि रूपान्तरण जरूरी छ: पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा पुस्तान्तरणको बहस चले पनि त्यो’भन्दा महत्वपूर्ण पार्टी रूपान्तरण आवश्यक रहेको बताएका छन्।

तनहुँको आँबुखैरेनीमा शुक्रबार आयोजित कार्यक्रममा उनले पार्टी लोकतन्त्रको मर्मअनुसार चल्न नसकेको पनि बताए।

पार्टीमा पुस्तान्तरणको बहस भइरहेको छ तर हुनुपर्ने रूपान्तरणको हो,’ उनले भने, ‘अहिले पार्टी कसरी चलिरहेको छ? यस्तो अवस्थामा रूपान्तरण चाहिएको हो कि पुस्तान्तरण?’

पार्टी सही बाटोमा हिँडेको भए पुस्तान्तरणको बहस नै आवश्यक नहुने पनि बताए। उमेरले भन्दा पनि विचारले पार्टी सञ्चालन हुनुपर्ने उनको भनाइ थियो।