ए’माले अध्यक्ष ओलीले पेश गरेको वि’धान महा’धिवेशनमा प्रतिवेदन के’के हुन?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन्।
ललितपुरको गोदावरीमा शुरु भएको महाधिवेशनमा ओलीले ४४ पृष्ठ लामो प्रतिवेदन पेश गरेका हुन्।
प्रतिवेदनमा ओलीले पार्टी विभाजनमा आफूलाई बचाउ गरेका छन्। उनले पार्टी विभाजनको सबै दोष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि थोपरेका छन्। उनले एमाले विभाजनका प्रयास रोक्न आफू हदैसम्म लचिलो बनेको बताएका छन्।
प्रतिवेदन पेस गर्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र अदालतको आलोचना समेत गरेका छन्।आफूलाई स्वास्थ्य समस्या भएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने जिम्मा नेता शंकर पोखरेललाई दिएका थिए।
शुक्रबार ललितपुरको गोदावरीमा सुरू भएको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरिरहेका ओलीले आफूलाई रूघाखोकीका कारण समस्या भएको भन्दै प्रस्ताव पेस गर्ने जिम्मा पोखरेललाई दिएका हुन् ।