उत्तर कोरियाले फेरी गर्यो अर्को मि’साईल परिक्षण

0
434
शेयर गर्नुहोला

उत्तर कोरियाले फेरी गर्यो अर्को मि’साईल परिक्षण

उत्तर कोरियाले फेरि अर्को मि’साइल परीक्षण गरेको छ। कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार नयाँ बनाइएको एन्टीएयरक्राफ्ट मि’साइलको बिहीबार परीक्षण गरिएको हो।

यो सातामात्रै उत्तर कोरियाले दुई पटक मि’साइल परीक्षण गरिसकेको छ। गत बुधबार उत्तर कोरियाले आफूले हाइपरसोनिक मि’साइल परीक्षण गरेको जनाएको थियो।

द न्युयोर्क टाइम्सका अनुसार यो वर्षमात्रै उत्तर कोरियाले सात पटक मि’साइल परीक्षण गरिसकेको छ।

बिहीबार परीक्षण गरिएको मिसाइल दूरी, गतिका हिसाबले पहिलेका मि’साइलभन्दा निकै प्र’भावकारी रहेको कोरियन सेन्ट्रल न्युज एजेन्सीले उल्लेख गरेको छ।

उत्तर कोरियाली शासक किम जोङ उनले दक्षिण’सँगको हटलाइन टेलिफोन सेवा फेरि सञ्चालन गर्न तयार रहेको बताएका बेला उत्तर कोरियाले पछिल्लो मि’साइल परीक्षण गरेको हो।

दक्षिण कोरियाको सरकारले उत्तरले गरिरहेको मि’साइल परीक्षणबारे सार्वजनिक प्रतिक्रिया दिइसकेको छैन।