राजविराजमा “थारु” महिलाले मनाएँ जितिया महोत्सव

0
633
शेयर गर्नुहोला

राजविराजमा थारु महिलाले मनाएँ जितिया महोत्सव

असोज १३

राजविराज
सप्तरी सदरमुकाम राजविराजमा थारु आदिवासी महिलाले आज बुधबार दशौँ जितिया महोत्सव मनाएका छन।

राजविराज वडा नम्बर ८ डिहिबारथान स्थित थारु आदिवासी महिला समन्वय समिति राजविराजको आयोजनामा सांस्कृतिक कार्यक्रम गरि औपचारिक रुपमा महोत्सव मनाएका हुन।

पहिचान,अधिकार र आत्मसम्मानसहित कला र संस्कृतिको उत्थानमा टेवा पुर्याउन थारु महिलाहरुले जितिया पर्वलाई महोत्सवको रुपमा मनाएको छ।यसै क्रममा महिलाहरुले विभिन्न थारु लोकगितमा नृत्य तथा नाटक प्रस्तुत गरेका थिएँ।

रुपा चौधरीले संचालन तथा उद्घोष गरेको कार्यक्रमको अध्यक्षता समितिको अध्यक्ष चन्द्रकला चौधरीले गरेको थियो।

कार्यक्रम नेकपा (एमाले)जिल्ला कमिटी संयोजक तथा संविधानसभा सदस्य ताराकान्त चौधरीको प्रमुख आतिथ्य तथा ई.बद्री नारायण चौधरीको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो।
यसैगरी निर्मला चौधरी ,समाजसेवी मो.अनवरअलि ,प्रहरी सहायक निरीक्षक नागेन्द्र चौधरी ,नेपाल पत्रकार महासंघ शाखा सप्तरीकी उपाध्यक्ष अम्बिका दहाल,प्रेस चौतारी शाखा सप्तरी सदस्य पिन्टु कुमार यादव लगायत अतिथिहरुको उपस्थिति रहेको थियो।