सप्तरीको बेङ्गरीमा बालुवाले बनाएको मुर्ति ठोस भएको यथाकथित

0
564
शेयर गर्नुहोला

सप्तरीको बेङ्गरीमा बालुवाले बनाएको मुर्ति ठोस भएको यथाकथित

सप्तरी टुडे संवाददाता

आश्विन ११ गते आइतबार

राजविराज
बिज्ञानको युगसंगै भौतिकतामा विश्वास झनै बढ्दै गईरहेको छ।देविदेवता संसारमा नरहेको भौतिकवादले ठहर्‍याएका छ्न।२१ शताब्दीको यो समाजमा देवताको उत्पति यथार्थ होइन भने बुझाई बिज्ञानको हो।

सप्तरीमा यस्तै खालको यथाकथित विवरण र बस्तुस्थितिले भौतिकवादलाई नै चुनौती दिनेगरि आस्था बढिरहेको अकल्पनीय घटना बाहिर आएका छन।जिल्लाको कन्चनरुप नगरपालिका वडा नम्बर ११ बेङ्गरी गाउँको सदा समुदाय(मुसहरी)टोल स्थित राजा खोला छेउमा अकल्पनीय यथाकथित स्थिति देखा परेको छ।

खोलाको छेउमामा स्थानीय पुलकित चौधरीको अन्दाजी दुई कठ्ठा जमिन खोला फुटेर बगरमा परिणत भएको छ। कृष्ण जन्मअष्टमी भन्दा दुई दिन अगाडिको घट्ना हो।मुसहर टोलकै अन्दाजी १२ वर्षीय शीतकुमार सदाले बगरमा बालुवाको मुर्ति बनाईरहेको थियो।बालबालिकाले खेल्ने उदेश्यले नै मुर्ति बनाईरहेको थियो।ठिक त्यहीँ समयमा मुसलधारे वर्षाले जलमग्न भएको बगरमा सदाले बनाउदै गरेको मुर्ति चाहिँ बगेर गएनन् स्थानीय आशा देवि सदाले बताइन् ।

आशा देवी सदाकी अनुसार यस्तो अकल्पनीय घटना बिस्तारै गाउँमा फैलिन गयो।त्यसपछि गाउँलेहरुले सो स्थानमा पाल ओढाएर पुजापाठ गर्नुपर्ने कुराहरू छलफलमा ल्याए ।पुजापाठ,किर्तनभजन र श्रद्धालु भक्तजनहरुको आगमन पनि बढिरहेको बताए ।

अहिले त्यहाँ करिब सय जनाभन्दा बढी ब्यापारीहरुले पसल थाप्दै ब्यापार चलाइरहेका छ्न ।कोहि बालबालिकाले ख्ल्ने खेलौना बेचिरहेका छ्न।भने कोहि चिया,नास्ता र मिठाईको पसल थापेका छन।गिलासमा पानी,फुल र धूप राखेर समेत बेचबिखन गरिरहेका छ्न।स्थानीय महेन्द्र चौधरीको नेतृत्वमा राधाकृष्ण बजरङ्गबली मेला समिति समेत गठन गरि व्यवस्थापन गरिरहेको छ।