कतारमा नेपाली मजदुर अ’लपत्र,स्वदेश पठाईदिनुपर्ने मा’ग सहित ले’वर कोर्टमा उजुरी

0
608
शेयर गर्नुहोला

आश्विन ८ शुक्रबार

राजविराज ।
खाडी मुलुक कतारमा एक नेपाली मजदुर अलप’त्र परेको छ।करिब एक महिनादेखी कम्पनीले काममा पनि नलगाउने र खान,बस्ने र स्वदेश पठाउने व्यवस्था नमिलाएपछि अलप’त्र परेको हो।

राम्रो कमाई हुने उदेश्यले करिब ५ वर्ष पहिले साहुसंग ब्या’जमा ऋ’ण उठाएर सप्तरी जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर ४ मनियार प्रसाही टोल बस्ने २४ वर्षीय प्रभु कुमार मुखिया बिदेश गएका थिए ।अहिले सन २०२२ सम्म काम गर्ने अवधि रहेपनि अलप’त्र परेको त्यहाँबाट सन्तोष कुमार यादवले जानकारी दिए ।

यता घरको आर्थिक अवस्था पनि ठिक छैन।गरिबी टार्ने मनसायले छोरालाई बिदेश उडाएपनि त्यहाँस्थित कमाई नै नभएपछि चिन्ता छदैथियो।अहिले त झन छोरोलाई कम्पनीले काम र क्वाटरबाट निकालिएको खबर सुनेपछि चि’न्ता बढेको छ।अब एउटै त’नाव छोरो कहिले स्वदेश आउने होला बुबा रामबिलास मुखियाले बताए ।

यसैसन्दर्भमा अ’लपत्र मुखियाले आफू अ’न्यायमा परेकोले आफुलाई स्वदेश पठाउनुपर्ने माग राख्दै रेड लिन्क्स कन्स्ट्रक्सन कम्पनी विरुद्ध प्रशासन मन्त्रालय मताहत डिपार्टमेन्ट अफ ले’वर (लेवर’ कोर्ट)मा उजुरी दिएको बताए ।

सन २०२१ साल सेप्टेम्बर २३ तारेखका दिन मुखियाले आफुलाई ढिलो ज्या’ला दिने गरेको,बिदा स्वीकृत गर्नुपर्ने,टिकट र फ्लाइट गराईदिनुपर्ने माग राख्दै उजुरी दिएको छ।

खाडी मुलुकमा अलप’त्र मुखिया जस्तै कतिपयले यसरी नै पिडा भोग्नुपरेको बाध्यता छ।लाखौं नेपालीले आफ्नो श्रम खाडी मुलुकमा बे’चेपनी सुविधाजनक स्थिति नरहेको कतिको गुनासोका खबरहरु बाहिरिएका छ्न।