“न्या’य खो’ज्न नेपालगन्जदेखि सिंहदरबारसम्म पैदल”

0
609
शेयर गर्नुहोला

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी ‘धोबी घरेलु हिं’सा भोग्दै आएकी थिइन्, गत साउन ५ गते मृ’त फेला परिन् । नेपालगन्ज नगरसँग जोडिएको परस्पुरगाउँकी एकल’ महिला निर्मला कुर्मी गत वर्ष मंसिरबाट बेप त्ता छिन् । दुवै घ’टनामा पीडि’तको माग अनुसार अनु’सन्धान गर्न प्रहरीले वास्ता नगरेको गुना सो ।

नेपालगन्ज — पाँच दिनदेखि उनीहरू पैदल यात्रामा छन् । संयोग मिले खान्छन्, नत्र भोकै । जहाँ रात पर्‍यो, त्यहीं निदाउँछन् । राजमार्गले पोलेर पाइतालामा फोका उठेका छन्, तर यात्रा रोकिएको छैन । किनकि, दुई महिलाको शं’कास्पद मृ त्युको अनुसन्धान गर्न हारगु’हार गर्दा पनि प्रहरीले बेवा’स्ता गरेपछि उनीहरूको मन त्योभन्दा धेरै पोलिरहेको छ । त्यसैले काठमाडौं पुगेर न्यायको आवाज उठाउने बलियो अठो’टका साथ यात्रा निरन्तर छ ।

गत शुक्रबार नेपालगन्जबाट हिँ’डेका उनीहरू पाँच दिनपछि मंगलबार दाङको भालुबाङ पुगेका छन् । भालुबाङ लुम्बिनी प्रदेशको प्रस्तावित राजधानी हो । तर अधिकारवि’हीन बनाइएको प्रदेशको अस्थायी राजधानी बुटवल पुगेर पनि उनीहरूको यात्रा रो’किने छैन । मुख्यमन्त्री कार्यालयमा केही दिन धर्ना दिएर उनीहरू काठमाडौंतर्फ अघि बढ्नेछन् । न्या’यको यो आन्दोलनमा ११ महिलाका साथमा ३ पुरुष सहयात्री पनि छन् ।
बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी गत साउन ५ मा मृ’त फेला परेकी थिइन् । झु’न्डिएको अवस्थामा घरमै उनको श’व भेटिएको हो । उनले लामो समयदेखि घरेलु हिं’सा व्यहोर्दै आएको र घ’टनाको प्रकृति हेर्दा ह-त्या हुन सक्ने भन्दै अगुवा महिलाले प्रहरी गुहा’रेका थिए । तर प्रहरीले अ’नुसन्धानमा जाँगर गर्नुको सट्टा आ’त्मह’त्या किटान गर्न हता’र गरेको महिलाहरूको गु’नासो छ । प्रहरीले भने नन्कुन्नीको मेडिकल रिपोर्टबाटै आ’त्मह-त्या गरेको स्पष्ट खुलेको दा’बी गरेको छ । ‘यसमा पुनः अ’नुसन्धान गर्ने भए पनि आन्दोलन नभई शान्तिपूर्ण ढंगले प्रहरीलाई सघा’उनुपर्छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मधुसूदन न्यौपानेले भन्छन् ।

त्यस्तै नेपालगन्ज नगरसँग जोडिएको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी गत वर्ष मंसिरबाट बेप”त्ता छिन् । आफन्तले मंसिर १६ मा नै स्थानीयले प्रहरीमा कि’टानी जाहे’री दिएका थिए, तर अनुस’न्धान भएन । अहिले प्रहरीले उनको मृ’त्यु भइसकेको जानकारी दिए पनि मृत्यु’को कारण के हो, दो षी को हो भन्ने विषयमा केही भनेको छैन । उनको मृ त्युको कारण थाहा पाउनुपर्ने माग गर्दै पीडित परिवार र अधिकारकर्मीले प्रदर्शन गर्दै आएका छन् । सम्पत्ति हड’प्न खोज्नेहरूबाट लामो समयदेखि प्रता’डित कुर्मीको अपह’रणपछि ह’त्या गरिएको हुन सक्ने महिला अधिकार मञ्चकी सदस्य रुवी खानको भनाइ छ ।

एकल महिला बेप’त्ता बनाइएको घट’नामा गत वर्ष मंसिर १६ मा नै जिल्ला प्रहरीमा अ’पहरण तथा शरीर बन्ध’कसम्बन्धी जाहेरी दर्ता गरिएको थियो । तर, डेढ महिनापछि बुझ्दा प्रहरीले निर्मलाको मृ’त्यु भइसकेको जानकारी दियो । उनको मृ’त्यु भनिए पनि श’व नदेखाएकाले रह’स्यमय रहेको अधिकारकर्मी खानले बताइन् ।

निर्मला कुर्मीको अप’हरणमा संल’ग्न रहेको भन्दै पीडितले कि’टानी गरेका बादशाह कुर्मी पूर्वसांसद एवं कांग्रेसका नेता हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल भने घट’नाको संवे’दनशीलतालाई प्राथमिकतामा राखेर माग सम्बोधन भइसकेको बताउँछन् । ‘निर्मला कुर्मीको अपहरणसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल पेस गरेको छ, सरकारी वकिल कार्यालयले नै यो विषय मुल्तबीमा राखेको हो,’ उनले भने ।

‘एउटी महिला घरमै मृ त भेटिन्छिन्, एकल महिला अहिलेसम्म बे पत्ता छन् जसको मृ’त्यु भइसक्यो भन्ने प्रहरीको भनाइ छ । अनुसन्धानको माग गर्दै जाहे’री दिँदा, प्रदर्शन गर्दा पनि प्रहरीले वास्तै गरेन,’ पैदल यात्रामा रहेकी अधिका रकर्मी खानले भन्छिन्, ‘यो देशमा न्या’य छ कि छैन भनेर सरकारलाई सोध्न हामी पैदल यात्रामा निस्किएका हौं ।’ मृतक नन्कुन्नीकी दिदी विष्टा, बहिनी शिला र भाइ माताप्रसाद पनि यात्रामा छन् ।

गत शुक्रबार कठिन यात्रामा निस्कनुअघि उनीहरूले जिल्ला प्रशा’सन कार्यालय बाँकेमा धर्ना दिए, प्रशासनको आँगनबाटै उनीहरूको यात्रा सुरु भएको हो । जिल्ला प्रशा सन कार्यालयको गेटमा गत भदौ १३ देखि ३१ गतेसम्म १९ दिन धर्ना दिँदा पनि आफ्ना माग सुनुवाइ नभएपछि प्रधानमन्त्रीलाई ज्ञाप’नपत्र बुझाउन नेपालगन्ज–काठमाडौंको पैदल यात्रा सुरु गरेको उनीहरूले बताए । ‘दिनहुँ हिं’सा भो’गिरहेकी महिला मृ’त भेटिइन्, प्रहरी अनुसन्धान नै नगरी आ’त्महत्या करा”र गर्छ ।’

लुम्बिनी प्रदेश मुकाम बुटवलस्थित मुख्यमन्त्री कार्यालयमा केही दिन त्यहाँ ध”र्ना दिएपछि काठमाडौं पुगेर सिंहदरबारमा ध”र्ना दिने कार्यक्रम रहेको नन्कुन्नीका भाइ माताप्रसादले बताए । ‘मान्छेको ज्या’न जाँदा पनि जिल्लाको प्रहरी र प्रशासनले सुन्दै न । घटनाको खो जीनिती गर्दैन,’ उनले भने, ‘न्यायको लागि ज्या’नै दिनुपर्छ भने पनि हामी तयार भएर बाटो लागेका छौं ।’

मृ’तक नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मीको ह’त्यामा संलग्न दो’षीलाई तुरुन्त प’क्राउ गरी कारबाही गरियोस् भन्दै पीडि’तहरूले आवाज उठाउँदा अपमा’नित गरेको, अ’भद्र व्यवहार गरेको र अधिकारकर्मीलाई झूटा मु’द्दामा फसाएको भन्दै बाँके जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी र डीएसपी मधुसूदन न्यौपानेलाई तुरुन्त विभागीय कार’बाही गर्न पनि पीडितले माग राखेका छन् । त्यस्तै प्रमुख जिल्ला अधिकारी गेलालले पीडि`त परिवारको मागअनुसार प्रहरीका प्रमुख र उपप्रमुखलाई विभागीय कारबाहीका लागि पनि प्रक्रि’या अघि बढाइएको बताए । त्यस्तै नन्कुन्नी धोबीको शं’कास्पद मृ°त्यु प्रक’रणमा अनुसन्धान गरी मु’द्दा अदा’लतमा पेस गरिसकेको उनले बताए ।

news source: ekantipur