प्रदेश १ सरकारले यातायात व्यवस्था कार्यालयका काम अनलाइन प्रणालीमार्फत गर्ने तयारी थालेको छ ।
‘यातायात सम्बन्धी सवारी दर्ता/नविकरण लगायतका कामका लागि सेवाग्राहीहरू यातायात कार्यलयसम्मै धाउन नपरोस् भन्ने उद्देश्यसहित हामीले यो व्यवस्था लागू गर्न लागेका हौं,’ टेकपानासँग उनले भने ।
‘सकेसम्म सेवाग्राहीलाई सजिलो हुने हिसाबले हामीले सफ्टवेयरको कामलाई अगाडि बढाइरहेका छौं । केही परीक्षण पनि गरेका छौं । यद्यपि पूर्णरुपमा अनलाइन व्यवस्था कहिलेदेखि सुरु हुन्छ भन्ने कुरा चाहिँ अहिले नै भन्न सकिन्न,’ उनले भने ।
‘राजस्व संकलनको जिम्मा महालेखा नियन्त्रण कार्यालयले प्रदेश सरकारलाई दिइनसकेको हुँदा अनलाइन भुक्तानी हामीले सुरु गरिहाल्ने अवस्था छैन,’ उनले भने, ‘महालेखाले अनुमति दिएको खण्डमा हामी आफैंले अनलाइन भुक्तानी सुरु गर्न सक्थ्यौं ।’ अनलाइन भुक्तानीका लागि पनि पहल भने भइरहेको उनले बताए ।