भारतीय राष्ट्रपति द्वारा नेसनल स्कुल अफ ड्रामाको अध्यक्षमा प्रख्यात कलाकार परेश रावललाई नियुक्त ।

शेयर गर्नुहोला

सप्तरी सम्वादता –

बाँंलीवूडको शानदार कलाकार परेश रावललाई नयाँ जिम्मेवारी भारतीय राष्ट्रपतिद्वारा सुम्पिएको छ।रावललाई नेसनल स्कुल अफ ड्रामाको अध्यक्षमा नियुक्त गरेको छ।भारतीय राष्ट्रपती रामनाथ कोबिन्दले भारतको गुजरात राज्यको पुर्व लोकसभा सांसद तथा वाँलीवूडको प्रख्यात कलाकार परेश रावललाई एनएसडिको प्रमुखमा नियुक्त गरेका हुन।रावल आफ्नो करियरमा धेरै हिन्दी फिल्म गरिसकेका छ्न।
भारतीय केन्द्रिय संस्कृति राज्य मन्त्री प्रहलाद सिंह पटेलले एक ट्विट गरि रावललाई शुभकामनामा दिनुभएको छ।ट्विटमा मन्त्री पटेलले प्रख्यात कलाकार माननीय परेस रावल जी लाई महामुहिम राष्ट्रपतिले नेसनल स्कुल अफ ड्रामाको अध्यक्ष नियुक्त गर्नुभएको छ।साथे मन्त्री पटेलले रावलको प्रतिभाको लाभ देसको कलाकार एवम् विद्यार्थीलाई मिल्ने छ भन्दे शुभकामना पनि दिनुभएको छ।

पछाडि पोस्टजि.प्र.का. सप्तरी को कार्यलय प्रमुख सहित १७ जना प्रहरीमा कोरोना पोजिटिभ
अगाडि पोस्टसडक कालोपत्रै गर्नमा रोक लगाएपछी स्थानीय आक्रोशित ।