नोबेल र काठमाडौँ मेडिकल कलेजका सञ्चालक शर्माले किने नेपालगन्ज मेडिकल कलेज

शेयर गर्नुहोला

विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालक डाक्टर सुनिल शर्माले नेपालगन्ज मेडिकल कलेजको आधाभन्दा बढी सेयर खरिद गरेका छन् । करिब चार महिनाअघि काठमाडौँ मेडिकल कलेजको आधा सेयर खरिद गरेका डाक्टर शर्माले नेपालगन्ज मेडिकल कलेजको ५५ प्रतिशत शेयर खरिद गरेका हुन् ।

उनी निकट स्रोतका अनुसार दुई अर्ब लागतमा ५५ प्रतिशत शेयर खरिदका लागि सम्झौता भएको छ । चार महिनाको अन्तरमा दुई वटा मेडिकल कलेज खरिद गरेका शर्माको मेडिकल कलेज सङ्ख्या तीन वटा पुगेको छ ।

विराटनगरको नोबेल मेडिकल कलेज उनको एकल स्वामित्वमा छ । शर्मा पिपुल डेन्टल कलेज काठमाडौँको सञ्चालक पनि हुन् । पिपुललाई पनि मेडिकल कलेज बनाउने उनको तयारी छ ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत स्वामित्व ग्रहणका लागि सम्झौता भइसकेको छ । उनका अनुसार भदौँ भित्र कानुनी प्रक्रिया पूरा हुनेछ ।

नेपालगन्ज मेडिकल कलेज प्रबन्ध निर्देशक डाक्टर सुरेशकुमार कनोडियाले सञ्चालन गर्दै आएका थिए ।

पछाडि पोस्टबढ्यो निर्माण सामग्रीको मूल्य, केको कति पुग्यो?
अगाडि पोस्टसप्तरीको लक्ष्मी ,वल्लभ,नर्सिङ माध्यमिक विद्यालयको शिक्षा लथालिङ्ग