काठमाडौंमा आजदेखि १८ वर्ष माथिकालाई “जोनसन एण्ड जोनसन” को खोप दिइँदै!!

शेयर गर्नुहोला

काठमाडौंमा आज (बुधबार) देखि १८ वर्ष माथि उमेर समूहका मानिसलाई पनि कोरोना भाइरसविरूद्धको जोनसन एण्ड जोनसनको खोप दिन थालिएको छ।

काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्राप्त भएको १ लाख ४० हजार डोज तोकिएका व्यक्तिलाई लगाइएको र केही खोप बाँकी रहेकाले आजदेखि १८ वर्ष माथिका उमेर समूहका मानिसलाई खोप दिन थालिएको जानकारी दिए।

सरकारले जोनसन एण्ड जोनसनको खोप ५० देखि ५४ वर्षका मानिस, अपांगता भएका व्यक्ति, जोनसन खोप अनिवार्य गरिएका मुलुक जाने व्यक्ति र शरणार्थीलाई लगाउन सुरू गरेको हो।

प्रमुख पराजुलीले अब बाँकी रहेको खोप १८ वर्ष माथिका उमेर समूहका व्यक्तिले साविककै खोप केन्द्रहरूबाट लगाउन सक्ने बताए।

अहिले देशभर धमाधम खोप अभियान चलिरहेको छ। आजै राति मात्र नेपाल एयरलाइन्सको जहाज थप १० लाख डोज खोप लिन चीनको बेइजिङ जाँदैछ।

खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्ने तालिका छ। लगत्तै भोलि साँझ अर्को १० लाख डोज खोप लिन जहाज बेइजिङ नै जाँदैछ।

पछाडि पोस्ट१० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति बेइजिङ जाँदै
अगाडि पोस्टदेश भारी मुस्लिमहरुको दोस्रो ठूलो चाड पर्व ईदुल अजहा (बकरा ईद ) हार्सौउलासका साथ मनाउदै ।