प्रचण्डको सुरक्षामा सरकारले अहिले किन खटायो डिएसपीको कमाण्डमा प्रहरी?

शेयर गर्नुहोला

गृहमन्त्री खाँणको निर्देशनमा मापदण्डविपरीत सचिवस्तरीय निर्णयविशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्ड उल्लंघन गर्दै गृह मन्त्रालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा प्रहरी खटाउन निर्देशन दिएको छ।गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि सचिवस्तरीय निर्णय गरेर प्रचण्डको सुरक्षामा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)को नेतृत्वमा १० जना सुरक्षाकर्मी थपिएको हो।

प्रचण्डको सुरक्षामा सरकारले अहिले किन खटायो डिएसपीको कमाण्डमा प्रहरी?
गृहमन्त्री खाँणको निर्देशनमा मापदण्डविपरीत सचिवस्तरीय निर्णय

विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्ड उल्लंघन गर्दै गृह मन्त्रालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा प्रहरी खटाउन निर्देशन दिएको छ।

गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि सचिवस्तरीय निर्णय गरेर प्रचण्डको सुरक्षामा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)को नेतृत्वमा १० जना सुरक्षाकर्मी थपिएको हो।

प्रहरी प्रधान कार्यालयले डिएसपी विनोद घिमिरेको नेतृत्वमा १० जना सुरक्षाकर्मी खटाएको हो।

सुरक्षा सेवा निर्देशनालयले चार दिनअघि गृहको परिपत्र कार्यान्वयन गर्दै घिमिरेको नेतृत्वमा सुरक्षाकर्मी खटाएको जनाएको छ।उनको सुरक्षामा डिएसपीसहित नेपाल प्रहरीका २७ जना प्रहरीले अग्रपङ्तिको सुरक्षा घेरा सम्हालेका थिए। मापदण्ड कार्यान्वयनमा आएसँगै दुई जना राखेर नेपाल प्रहरीले अरू सबै प्रहरी फिर्ता गरिएको थियो।

त्यसपछि प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाका लडाकु खटेका थिए।

केपी ओली नेतृत्वको सरकार बिदा भएपछि बनेको नयाँ सरकारमा गृह मन्त्रालय सम्हालेपछि खाँणले प्रचण्डका लागि सुरक्षाकर्मी थप्न सचिवलाई निर्देशन दिएका थिए।

‘अगुवा गाडी थप गर्नु भन्ने मन्त्रीज्यूको निर्देशनपछि हामीले नेपाल प्रहरीलाई परिपत्र गरेका थियौं,’ गृहसचिव महेश्वर न्यौपानेले सेतोपाटीसँग भने।

प्रहरी प्रधान कार्यालयले गृहको परिपत्रअनुसार सुरक्षाकर्मी थप गरिसकेको जनाएको छ।

विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्डमा सुरक्षाकर्मी थप गर्नुपरे चुनौती मूल्यांकन हुनुपर्छ र केन्द्रीय सुरक्षा समितिले निर्णय गरेपछि कार्यान्वयनमा आउँछ।

हाल चुनौती मूल्यांकन नै नगरी प्रचण्डको सुरक्षा बढाइएको हो।

‘उहाँले सुरक्षाकर्मी पुगेन भनिरहनुभएको थियो, मन्त्रीज्यूले अगाडिको गाडी बढाउन निर्देशन दिनुभएको थियो,’ सचिव न्यौपानेले भने।

गृहमा सुरक्षा चुनौती मूल्यांकन समिति हुन्छ। यसले सुरक्षा चुनौतीबारे केन्द्रीय सुरक्षा समितिमा प्रतिवेदन बुझाउँछ। समितिको रायपछि मन्त्रीस्तरीय निर्णय गरी सुरक्षाकर्मी बढाउने घटाउने निर्णय हुन्छ।प्रचण्डलाई हाल थप गरिएको सुरक्षाकर्मीबारे केन्द्रीय सुरक्षा समितिमा छलफल हुने गृहको भनाइ छ।

‘तीन-तीन महिनामा सुरक्षा चुनौती मूल्यांकन हुन्छ, अब बस्ने केन्द्रीय सुरक्षा समितिको बैठकबाट हाल खटाइएका सुरक्षाकर्मीलाई निरन्तरता दिने वा नदिनेबारे निर्णय हुन्छ,’ सचिव न्यौपानेले भने।

कहिलेकाहीँ पहिले सुरक्षाकर्मी खटाएर पछि केन्द्रीय सुरक्षा समितिबाट अनुमोदन गराउने पनि गरिएको गृहका अधिकारीहरू बताउँछन्। चुनौती मूल्यांकनै नगरी सुरक्षाकर्मी थप्नु भने विकृतिलाई निरन्तरता दिनु रहेको अधिकारीहरू बताउँछन्।

पूर्वगृहसचिव डा. गोविन्द कुसुमले विश्वमा पूर्वप्रधानमन्त्रीलाई यतिधेरै सुरक्षाकर्मी दिइएको आफूले कतै नदेखेको बताए। उनले छिमेकी मुलुक भारतमा पनि पूर्वप्रधानमन्त्रीको घरमा दुई जना सुरक्षाकर्मी गेटमा बसेको आफूले देखेको बताए।

‘सिसिटिभी राखेर भित्र-बाहिर गर्ने मानिसको निगरानी गर्ने, हिँड्ने बेलामा साधारण सुरक्षा दिनेबाहेक सुरक्षाकर्मीको लावालस्कर लगाएर हिँडेको मैले कतै देखेको छैन,’ कुसुमले भने।

कुसुमका अनुसार सुरक्षाकर्मी लिएर हिँड्ने यो ‘मोह’ले हामीले तिरेको करको दुरूपयोग मात्रै भइरहेको छ। ‘भोलि अर्कोलाई दिन्छन्, पर्सी अर्कैलाई, जनताको नजिक हुने हाम्रा नेताहरूलाई सुरक्षाको कुनै चुनौती छैन,’ कुसुम भन्छन्।

पछाडि पोस्टरुपन्देहीमा जनमत पार्टी कार्यालय उदघाटन , सैंकडौं जनता जनमत पार्टीमा प्रवेश
अगाडि पोस्टसुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ: राष्ट्रपति