रुपन्देहीमा साेमबार ४२ जनामा कोरोना संक्रमण पुष्टी , ५८ जना अस्पतालमा उपचाररत

शेयर गर्नुहोला

ज्ञानेश्वर उपाध्याय,
भैरहवा ,

भैरहवा । रुपन्देहीमा साेमबार ४२ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । पछिल्लो २४ घण्टामा गरिएका २३५ जनाको पिसिअार परीक्षणबाट १९ महिला र २३ पुरूषमा संक्रमण पुष्टी भएकाे हाे । त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाबाट ४७ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा सबै भन्दा बढी तिलोत्तमा नगरपालिकामा ११ महिला १० पुरूषा गरी २१ जना संक्रमित थपिएका छन । त्यस्तै बुटवल उपमहानगरपालिकामा १६ जना, देवदह नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा १-१ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हालसम्म जिल्लामा ५०६ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३१८ रहेको छन्। जसमध्ये ५८ जना अस्पतालमा उपचाररत छन भने २६० जना हाेम अाइशाेलेशनमा रहेका छन ।

पछाडि पोस्टसप्तरीको मा .वि बभनगमा कट्टीमा कृषी मन्त्रि शैलेन्द्र साह द्वरा पुस्तकालय सामग्री हस्तान्तरण
अगाडि पोस्टबलिउड अभिनेत्री “शिल्पा सेट्टीका” श्रीमान् पक्राउ