मर्चवारमा गर्भवती महिलाहरुको लागि पहिलो पटक निशुल्क भिडियो एक्सरे सेवा संचालनमा

शेयर गर्नुहोला


भैरहवा
रुपन्देहीको बिकट मर्चवार क्षेत्रमै पहिलो पटक गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा संचालन भएको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको मझगावाँ स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको लागि उक्त सेवा संचालन गरिएको हो ।

स्वास्थ्य चौकी संरक्षक समिति सदस्य एवम् कोटहीमाई गाउँपालिका वडा नं. ५ कि वडा सचिव रिता अर्यालले उक्त सेवाको रिबन काटेर उद्घाटन गरेकी हुन् । मर्चवारभरीमा पहिलो पटक उक्त सेवा निःशुल्क भएको हुँदा महिलाहरुको लागि ठुलो उपलब्धी भएको उनले बताइन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य अपुर्ति ब्यवस्थापन केन्द्र बुटवलको लागत र कोटहीमाई गाउँपालिकाको समन्वयबाट रु. ८ लाख १९ हाजार २ सय ५० रुपैयामा आएको पोर्टेबल यूएसजी नामक उक्त एक्सरे मेशीनबाट मझगाँवा स्थास्थ्य चौकीमा प्रसुतिको लागि आउने गर्भावती महिलारुमा कुनै समस्या देखिँदा आवश्यक्ता अनुसार एक्सरे गर्ने स्वास्थ्य चौकी इन्चार्ज सोम बादुर सुनारले बताए ।
गर्भवती महिलाहरुको पाठेघरमा कुनै समस्या देखिएमा, बच्चा उल्टो देखिएमा लगायत कुनै समस्या देखिएको अवस्थामा भिडियो एक्सरे गर्ने तालिम प्राप्त उक्त स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी सुप्रिया थापाले बताइन् ।

आ.व. २०७७÷०७८ उक्त स्वास्थ्य चौकीममा ५ सय ५० भन्दा बढी गर्भावती महिलाहरुले चेकजाँच गराएकी तथा ५ सय १० जनाले प्रसुति गराएकी स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी गौमाया चौधरीले बताइन ।

पछाडि पोस्टसंसद भवनमा आक्रमण गर्ने “ट्रम्पका” समर्थकलाई आठ महिना जेल
अगाडि पोस्टनेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ४१ खर्ब ६५ अर्ब