प्रेम आले र किसान श्रेष्ठलाई प्रश्न- तपाईंहरूले किन ओलीको साथ छोड्नुभयो?

शेयर गर्नुहोला

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषदका चर्चित मन्त्री हुन्- प्रेमबहादुर आले।

२०७४ को आम निर्वाचनमा डोटी-१ बाट निर्वाचित भएका आलेलाई ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेपछि गत पुसमा वन तथा वातावरण मन्त्री बनाएका थिए।वन मन्त्री हुँदा आलेले कुनै उल्लेखनीय कामचाहिँ गरेनन् तर उल्टोपाल्टो भाषणले उनी निकै चर्चामा आए।

उनका मिम र भिडिओ सामाजिक सञ्जालमा भाइरल बने।पछिल्लो समय उनले केही अक्सिजन सिलिन्डरमा आफ्नो तस्बिरसहितको पोस्टर टाँसेर डोटी र धनगढीका अस्पतालमा बाँडेका थिए।आलेले उक्त बैठकको निर्णय उल्लंघन गरिदिए।

आइतबार राति भएको मतदानमा उनले वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदसँगै ‘फ्लोर क्रस’ गरे र देउवाका पक्षमा विश्वासको मत दिए।

उनीसँगै ओली पक्षका अरू ८ सांसदले पनि देउवालाई विश्वासको मत दिए।सोमबार बिहान सेतोपाटीले सांसद आलेलाई तपाईंले किन ओलीको साथ छोड्नु भयो भनेर सोधेको थियो।

पछाडि पोस्टबलिउड अभिनेत्री “शिल्पा सेट्टीका” श्रीमान् पक्राउ
अगाडि पोस्टसंसद भवनमा आक्रमण गर्ने “ट्रम्पका” समर्थकलाई आठ महिना जेल