“मुख्यमन्त्री बेटि पढाउ बेटि बचाउ” अनतर्गत सप्तरीको मानराजामा साईकल वितरण

शेयर गर्नुहोला

सप्तरी टुडे सम्वादाता 

२२ असार , बोदे बर्साईन

उमेश कुमार साह

प्रदेश –२ मुख्यमन्त्री बेटि पढाउ बेटि बचाउ कार्यक्रम अनतर्गत सप्तरीमा साईकल वितरण गरिएको छ ।
सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर – ७ मानराजामा रहेका श्री ५ महेन्द्र चुन्नी माध्यमिक विध्यालमा मुख्यमन्त्री , बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत कक्षा ८ मा अध्यनरत ७७ छात्रालाई साईकल वितरण कार्यक्रम बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष दिगम्बर प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएकाछन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य अभिषेक यादवले बोल्दै भने गुणस्तरीय शिक्षा दिन सम्पुर्ण शिक्षकहरूलाई आग्रह गरेकाछन् ।तथा साईकल वितरण गर्दै सासंद यादवले टाढा टाढाबाट आउने छात्राहरुको मनोवल उच्च गर्न साईकल वितरण गरिएको बताए । प्रोत्साहन स्वरुप छात्राहरुलाई साईकल वितरण गरिएको हो ।

अतिथिहरू वडा अध्यक्ष विजय नारायण कापैर, नगर शिक्षा अधिकृत – राम सागर यादव , वडा सदस्य अंजुश कुमार यादव, प्रधानाध्यापक हेम किशोर यादव ,
यसैगरी दाता परिवार सदस्य समाजवादी युवा संघका केन्द्रीय सदस्य बिशाल कुमार यादवले भने गाउघरमा पढने छात्राहरुको स्रोत साधन नभएर पनि शिक्षाबाट बञ्चित भएको अवस्थामा साईकल वितरण गरि थप हौसला प्रदान गरेको उनले बताए ।
स्थानीय बुधिजिबीहरूको उपस्थितिमा कार्यक्रम समापन भयो । यस अघि पनि बोदे बर्साईन नगरपालिका वडा नम्बर ०३ स्थित श्री रा. अ . बि .कुश्माहारमा पनि मुख्यमन्त्री , बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत कक्षा ८ मा अध्यनरत छात्रालाई साईकल वितरण गरेको थियो।

पछाडि पोस्टमातृभूमिको लागी मैले अलिकति भएपनि कर्जा तिर्न सफल भएँ-प्याकुरेल
अगाडि पोस्ट“आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान खुला गर्ने सरकारको निर्णय”