दुःखद! खबर ‘राष्ट्रियगान’ “सयौँ थुँगाका गायक अजय थापाको निधन!”

शेयर गर्नुहोला

“राष्ट्रगान ‘सयौँ थुँगाका गायक अजय थापाको निध’न!”

“नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायक मध्येका एक अजय थापाको आज को’रो नाबाट नि’धन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार को’रो ना स’ङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो।”

“भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः ०० बजे उनको नि’धन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो । उहाँको पत्नी राधा थापा समेत को’रो ना स’ङ्क्रमण भएर सोही हस्पिटलमा उपचाररत हुनुहुनछ। उहाँकाका दुई छोरी र एक छोरा अमेरिकामा रहेका छन।”

“छोरीहरू बिहीबार काठमाडौँ आइपुगेका र छोरा शनिबार आइपुग्ने उनका छिमेकी तथा पत्रकार सचिन लिम्बूले बताउनु भायो । विसं २०६२र६३ को जन आन्दोलन सफल भएपछि व्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो । यसलाई नेपालको संविधान २०७२ मा राखिएको छ।”

पछाडि पोस्टसप्तरीको खडक खडक नगरपालिकाको बजेट ७८ करोड ४४ लाख
अगाडि पोस्टनेपाल यादव सेवा समिति र अखिल यादव महिला संघद्वारा हेल्मबुमा राहत बितरण