युरो कपको अन्तिम १६ मा कुन-कुन टिमबीच हुदैछ भिडन्त?

शेयर गर्नुहोला

युरो २०२० को समुह चरणको खेल सकिएका छ्न। समुह चरणका खेल सकिएसंगै अन्तिम १६ मा पुग्ने टिमहरुको टुंगो लागेको छ ।

अन्तिम १६ मा ६ समुहका बिजेता र उपविजेता गरि १२ टिम पुगे। यस्तै ६ समुहमा तेस्रो हुने ४ तिम्ले पनि अन्तिम १६ मा स्थान पाए। तेस्रो भएका ६ टिम मध्ये उत्कृस्ट ४ तिम्ले अन्तिम १६ मा स्थान बनाएका हुन् ।

समुह ‘ए’ बाट इटाली बिजेता,वेल्स उपविजेता र स्विट्जरल्याण्ड उत्कृस्ट तेस्रो टिमको रुपमा नकआउट चरणमा पुगे ।

समुह ‘बि’ बाट बेल्जियम बिजेता र डेनमार्क उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भए। फिनल्याण्ड ३ अंक जोडेर तेस्रो बने पनि अन्तिम १६ मा पुग्न सकेन।

यस्तै समुह ‘सी’ बाट नेदरल्याण्डस बिजेता,अस्ट्रेलिया उपविजेता र युक्रेन उत्कृस्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुगे । युक्रेनले ३अङ्क जोडे पनि गोलअन्तर मा फिनल्याण्ड र स्लोभाकियालाई पछि पार्यो।

समुह ‘डी’ बाट इंग्ल्याण्ड बिजेता,क्रोएसिया उपविजेता र चेक उत्कृस्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुगे ।

समुह ‘इ’ मा स्विडेन बिजेता र स्पेन उपविजेताको रुपमा अन्तिम १६ मा पुगे। अन्तिम खेलमा स्पेंसंग ५-० ले पराजित हुँदा स्लोभाकिया ३ अंक जोडे पनि उत्कृस्ट तेस्रो टिम हुन् सकेन । स्लोभाकिया युक्रेनसंग गोलअन्तरमा पछि पार्यो ।

समुह ‘एफ’ बाट फ्रान्स बिजेता र जर्मनी उपविजेता र पोर्चुनल उत्कृस्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगे ।
अब अन्तिम (१६)का खेल शनिवार देखि सुरु हुनेछ ।

अन्तिम १६ का खेलहरु हुने मिति;

वेल्स भर्सेस डेनमार्क – असार १२गते ( राति ०९:४५ बजे देखि)
इटाली भर्सेस अस्ट्रिया -असार १२गते (राति १२:४५ बजे देखि)

नेदरल्याण्ड भर्सेस चेक -असार १३ गते (राति ०९:४५ बजे देखि)
बेल्जियम भर्सेस पोर्चुगल -असार १३ गते (राति १२:४५ बजे देखि)

क्रोएसिया भर्सेस स्पेन -असार १४ गते ( राति ०९:४५ बजे देखि)
भर्सेस स्विट्जरल्याण्ड -असार १४ गते (राति १२१:४५ बजे देखि)

इंग्ल्याण्ड भर्सेस जर्मनी -असार १५ गते (राति ०९:४५ बजे देखि)
स्विडेन भर्सेस युक्रेन -असार १५ गते (राति १२:४५ बजे देखि)।।

पछाडि पोस्टप्रहरी चौकीको अगाडी पसलमा चोरी
अगाडि पोस्ट“ॐ लेखेर एक Share गर्नुस” सात दिनभित्रमा तपाइले सोचेको “काम बन्नेछ” बिल्कुलै बेवास्ता नगर्नुहोला: