महादेवा गाउँपालिकामा गोप्यढङ्गले उपभोक्ता समिति गठन गरेपछि बिबाद

शेयर गर्नुहोला

 

सप्तरी टुडे संवाददाता
जेठ-२९

राजविराज
जिल्लाको महादेवा गाउँपालिकामा उपभोक्ता समिति गठन गोप्य ढङ्गले भएको खबर बाहिर आएको छ।योजना संचालन भैरहेको स्थानमा युवाहरूले समिती र बिनियोजित बजेटबारे जानकारी माग्दा आज बिबाद हुँदा यस्तो खबर बाहिर आएको हो।

सो गाउँपालिकाको वडा न.४ स्थित बलिया टोलको दुइटा मस्जिदका लागि आर्थिक वर्ष २०७७/०७८ को लागि बिनियोजित बजेटमा संचालित योजनाबारे योजनास्थल गएर युवाहरूले सुचना माग्दा बिबाद भएको स्थानियहरुले बताउनुभयो ।

प्रत्येक आर्थिक वर्षमा यसैगरी गोप्य ढङ्गले घरमै बसि आफ्नो इसारा र वचन मान्नेहरुलाई उपभोक्ता समितिमा राखेर अनियमितता गर्दै आएको स्थानीय युवा मो.रमजानले बताए ।

संघीय समाजवादी फोरमबाट सो वडाका प्रत्याशी उम्मेदवार समेत रहेका मो.आशिनलाई यसबारे सूचना माग्दा उल्टै हप्काउन खोज्दा मुखामुख भएर विवाद भएको बताउँछन् ।यसबारे गाउँपालिका प्रमुख दिपक कुमार यादव संग बुझ्न खोज्दा उहाँले अनिवार्य सुचना दिनुपर्ने बताउनुभयो ।

पछाडि पोस्टनागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशउपर नेतृ झाको सवाल
अगाडि पोस्टजसपा एकले अर्को पक्क्षलाइ गरेको कारबाही लाइ निर्वाचन आयोग ले मान्यता नदिने