नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशउपर नेतृ झाको सवाल

शेयर गर्नुहोला

 

सप्तरी टुडे संवाददाता
जेठ-२८

काठमाडौं
नागरिकता कानुन संशोधन अध्यादेशलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेस उपर नेतृ रन्जु झा ठाकुरले गम्भीर प्रश्नहरु गर्नुभएकी छिन।

नागरिकता प्रमाणपत्रबाट बञ्चित लाखौं नेपालीहरुको आधारभूत अधिकार प्राप्तिमा तत्कालै सहजता होस भन्ने उदेश्यले ल्याएको नागरिकता सम्बन्धि अध्यादेशलाई दुर्भाग्यवश सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न दिएको आदेशउपर नेकपा (एमाले) नेता तथा दोस्रो संविधानसभाको मस्यौदा समिति सदस्य रन्जु झा ठाकुरले यस्तो सवाल उठाउनुभएकी हुन।

अदालतको अंतरिम आदेशले धेरैको मौलिक अधिकार तथा मानवधिकार समेत हनन भएको भन्दै यसले थुप्रै प्रश्नहरु उब्जाएको छ।जसमध्ये केहि प्रश्नहरु आफ्नो आधिकारिक फेसबूकमा राख्नुभएकी छिन।

के जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई नेपाली नागरिकता नदिनु वा दिन रोक्नु उनीहरु प्रति गरिएको ठुलो अन्याय होईन ?, के नेपाली नागरिक आमाबाट जन्मेका तर पिताको पहिचान नभएका सन्तानलाई आमाको नामबाट नागरिकता दिन रोक्नु न्याय संगत हो ?, के जन्म सिद्ध नागरिकका सन्तानलाई राज्यविहिन बनाउने कुरो न्यायोचित हुन सक्छ ?, के यो आदेश सरोकारवालाका लागि मान्य र जायज हुन सक्छ ?, के पहाडी मूलका नेपाली आमा र जन्मसिद्ध नागरिकका सन्तानहरुका लागि यो संशोधन होईन र ?,मधेसी समुदायका लागि मात्र केन्द्रित हो र?,प्रभावित दुवै समुदायका ली नागरिकका हकमा यो आदेश स्वीकार्य योग्य हुन सक्छ ?, अध्यादेश पनि legislative wisdom होईन र?, legislative wisdom मा अदालतले judicial self restraint राख्नु पर्दैन र ?, नेपाली नागरिकताबाट बञ्चित नगरिने संविधानको धारा १० (१) को प्रतिबद्धतालाई न्यायमुर्तिहरुले समेत सम्मान गर्नु पर्ने होईन र ?जस्ता प्रश्नहरु उब्जेको बताउनुभयो।

पछाडि पोस्टतराई मधेशमा मिथिलानीहरु आज बरसाईत पर्व मनाउँदै
अगाडि पोस्टमहादेवा गाउँपालिकामा गोप्यढङ्गले उपभोक्ता समिति गठन गरेपछि बिबाद