तराई मधेशमा मिथिलानीहरु आज बरसाईत पर्व मनाउँदै

शेयर गर्नुहोला

सप्तरी टुडे सम्वादाता

जेठ -२७
तराई मधैश लगाएत देशको बहुत भुभागमा बस्ने मिथिलानीहरू आज (बरसाईत) बट सावित्री पर्व मनाउँदैछन् ।

पत्नीले पतिको दिर्घायु कामना गर्नका लागि आज प्रदेश २ लगायत बहुत श्रेत्रका सप्तरी, सिरहा ,मोहतरी,धनुषा,बारा पर्सा अन्य भुभागको महिलाहरूले वरको रुखमा रातो पहेलो धागो बाँधी पतिको दिर्घायुको कामना गर्दै बरसाईत पर्व मनाउने गर्छन् ।

आज सप्तरी लगायत् बिभिन्न ठाउँमा बिहिबार बिहानैदेखि वरको रुखमुनि पुजा गर्न महिलाहरु लाम लागेको छिन् । कोरोना महामारीमा तथा लकडाउन संगै संक्रमणको डरले कतिपय महिलाहरु घरमै पूजा आजा गर्दैछन् ।वरको वृक्षमा रातो पहेलो धागा बेर्दै महिलाहरु पतिको दिर्घायुको कामना गर्ने चलन रहेको छ।
बट सावित्री पर्व मनाउँदा मनको इच्छा पूरा हुने र पतिको आयु बढ्ने जनविश्वास समेत रहेको कवियत्रि करूणा झा बताउँछिन्।

धार्मिक किम्वदन्ती अनुसार वरको रुखमा व्रह्मा, बिष्णु र महादेवको बास भएको हुनाले वरको रुखको पूजा गर्ने प्रचलन छ । पौराणिक मान्यता अनुसार ऋषिपुत्री साबित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहित महिलाहरुले जेठ औंसीको दिन यो पर्व मनाउने गदर्छन् ।

पछाडि पोस्टसुनसरीमा लागुऔषध सहित २ जना पक्राउ
अगाडि पोस्टनागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशउपर नेतृ झाको सवाल