“चिम्नी” इटा भट्टाबाट मानव “स्वास्थ्यमा” प्रत्यक्ष असर;धुवाँ व्यवस्थापन गर्न सञ्चालकहरु उदासीन

शेयर गर्नुहोला

चिम्नी सञ्चालक महामहिम धुवाँ व्यवस्थापनमा उदासीन

 

विसुन देव सरदार लहान / जेठ २४ सोमबार।

 

मानव स्वास्थ्यको रक्षा सँगै वातावरण संरक्षण प्रत्येक राज्यको दायित्व अन्तर्गत पर्दछ।वातावरण भन्नाले हाम्रो सेरोफेरोमा रहेको जमिन , हावा , पानी , माटो , वनस्पति , ठोस वस्तु , वन्यजन्तु जन्तु , फोहोरमैला , वन जङ्गल सबैलाई बुझाउँछ।वातावरण प्राकृतिक र साँस्कृतिक गरी २ प्रकारका हुन्छ ।

वातावरण एक बृहत विषय हो । जसले प्राकृतिक साँस्कृतिक र सामाजिक प्रणालीहरु , आर्थिक तथा मानवीय क्रियाकलापहरु र यिनका आवश्यकताहरु तथा यीनीहरुबीच अन्तरक्रिया र अन्तरसम्बन्ध जनाउँछ। भट्टाबाट चिम्नी सञ्चालकले फाइदा लिइरहेका छन , र त्यसको प्रत्यक्ष प्रभाव निमुखा जनताको दीर्घकालीन जीवनमा पर्छ

“आफू पनि बचौँ र अरुलाई पनि बचाउ ” नारा लिएर अगाडि बढनु पर्ने देखिन्छ ।
राष्ट्रको हरेक जिल्ला भित्र महानगरपालिका , उप-महानगरपालिका , नगरपालिका , गाउँपालिकाहरुमा प्रयाप्त चिम्नी भट्टा रहेको देखिन्छ । जसमध्ये सिराहा जिल्ला भरि स्थानीयका गोलबजार नगरपालिकामा मानिसको वातावरण प्रदुषणका कारण मृत्यु हुने गरेका छन।

इट्टा भट्टाले मानव शरीरमा गम्भीर असर पुर्‍याउँछ ।
त्यसैले मानव बस्तीमा इट्टा भट्टा खोल्न दिनु भनेको आफ्नो हत्या आफैँ गर्नु जस्तै हो। आखिर किन , त मौन चिम्नी सञ्चालक ?

गोलबजार नगरपालिका , लहान नगरपालिका , सिरहा नगरपालिका लगायत हरेक स्थानीयमा धेरै सार्वजनिक स्थलहरु भएकाले उक्त जग्गालाई विभिन्न किसिमको पर्यटन प्रवर्द्धन गर्न सकिन्छ ।

सुझावका लागि :-
• वातावरण प्रदुषण रोक्नका निम्ति वृक्षारोपण गरौँ ।
• वन जङ्गल फडानी नगरौं ।
• पुराना सवारी साधन चलाउन रोक लगाऊ।
• उधोग कलकारखानालाई उचित व्यवस्थापनमा ध्यान जाअोस।

वातावरण स्वच्छ भएमा मात्र हामी निरोगी बन्न सक्छौ।त्यसैले वातावरण स्वच्छ राख्नु हामी सबैको दायित्व पनि हो । प्रदुषण भन्नले कुनै पनि मानवीय गतिविधिको कारण यस संसारको पाँच भौतिक तत्वहरु ( हावा , पानी , माटो , आगो र आकाश अन्तरिक्ष ) जस्ता तत्त्वहरुमा हुने विकृति अर्थात वातावरणमा पार्ने असर अन्तत: पृथ्वीमा भएको प्रणालीहरुको स्वास्थ्यमा पार्ने प्रतिकुल प्रभावलाई नै प्रदुषण भनिन्छ ।
प्रदुषण मुख्यतः ४ प्रकारका वायु प्रदुषण , जल प्रदुषण , ध्वनि प्रदुषण , माटो प्रदुषण हुन्छ ।

वातावरणबाट हामीले प्रत्यक्ष लाभ जस्तै गाँस , बाँस , कपास तथा अप्रत्यक्ष लाभ जस्तै जलचक्र , पोषक तत्वको चक्र , परागसेचन , माटो निर्माण आदि पाइरहेका हुन्छौं ।
वर्तमान समयमा बढदो जनसंख्याको चाप प्राकृतिक स्रोत , साधन माथि पर्दा प्रमुख रुपमा रहेको वातावरणीय समस्याहरुमध्ये वायु प्रदुषण पानी र माटोको प्रदुषण , जलवायु परिवर्तन , वातावरणीय विनाश साथै मानवीय सिर्जित वातावरणीय समस्या आदि बढ्दै गइरहेका छन।

नेपालमा पनि वातावरणी विनाश बढ्दो दर र त्यसको व्यवस्थापनका लागि विश्वव्यापी चासोबाट अछुत रहन सक्दैन ।

मानव जातिले आफ्ना मौलिक आवश्यकता पूरा गर्न विभिन्न खालका पुर्वाधार एवंम भौतिक संरचनाले गर्दा वातावरण सन्तुलनमा समेत असर पारेको छ।
वर्तमानका पुस्ताले भावी पुस्तालाई स्वास्थ्य पृथ्वी हस्तान्तरण गर्नु , पछि दिगो विकासको मुल मर्म र भावनालाई आत्मसाथ गर्दा मानवीय क्रियाकलापका हरेक अध्याय कुनै न कुनै रुपमा वातावरणसँग गाँसिएको हुन्छ ।

उधोग कलकारखाना विना जीवन उकास्न असम्भव छ। ईट्टा चिम्नी भट्टाले मानिस घर बनाउनमा मुलत: प्रयोग गर्न सकिन्छ ।

साधारण घर र आधुनिक धर बनाइन्छ । साधारणमा फुसको घर:- दाउरा , बाँस , काठ , पराल , जास्तापाता , माटो आदि ।
आधुनिक घर:- इट्टा , सिमेन्ट , बालुवा , रड , गिट्टी आदि द्वारा घर बनाइन्छ ।

पछाडि पोस्टअब “स्वास्थ्यकर्मी”माथि कुटपिट गरेमा “५ लाख जरिवाना र पाँच बर्ष कैद” (अध्यादेश सहित)
अगाडि पोस्ट“नवराजपुरको”देवनगरमा सार्वजनिक बाटो कब्जा