अब “स्वास्थ्यकर्मी”माथि कुटपिट गरेमा “५ लाख जरिवाना र पाँच बर्ष कैद” (अध्यादेश सहित)

शेयर गर्नुहोला

काठमाडौँ, २३ जेठ । अव स्वास्थ्यकर्मीमाथि कुटपिट तथा आक्रमण गरेमा पाँच लाख जरिवाना र पाँच बर्ष कैद हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेशमा सो व्यवस्था उल्लेख छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले स्वाथ्स्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।

स्वास्थ्य मन्त्रालयले पठाएको अध्यादेशको मस्यौदामा मन्त्रिपरिषदमा पास हुनु अघि केही संसोधन गरेको पाइएको छ । नेकपा एमालेको स्वास्थ्य विभागले दिएको सुझाव समेत समेटिएको डा कृष्ण अधिकारीले बताए ।

पछाडि पोस्टहामी गैर लोकतान्त्रिक प्रवृत्त विरूद्ध संघर्षरत छाैं: समाजवादी युवा संघ
अगाडि पोस्ट“चिम्नी” इटा भट्टाबाट मानव “स्वास्थ्यमा” प्रत्यक्ष असर;धुवाँ व्यवस्थापन गर्न सञ्चालकहरु उदासीन